प्रदेश १ मा मिटर रिडिङ कार्य अवरुद्ध

विराटनगर,असोज १९
बिजुली मिटर रिडिङ गरेवापत गोटा गन्ती अनुसार ज्याला पाउदै आएका प्रदेश एकका मिटर रिडरहरुले पारिश्रमिकमा विभेद गरेको भन्दै रिडिङ कार्य अवरुद्ध गरेका छन् । सँगै काम गर्ने अन्य मिटर रिडरहरुको तुलनामा आफुहरुलाई सेवासुविधामा विभेद गरिएको भन्दै उनीहरुले मिटर रिडिङ अबरुद्ध गरेका हुन् ।

नेपाल पत्रकार महासंघ मोरङ शाखामा आज पत्रकार सम्मेलनको आयोजनागर्दै मिटर रिडर संघर्ष समितिमा आबद्ध उनीहरुले सो बिषयमा जानकारी गराएका हुन् । संघर्ष समितिका अध्यक्ष भीम रिजालले आफुहरुमध्ये कतिपयले २०६८ सालदेखि विद्युत प्राधिकरणमा मिटर रिडिङ कार्यगर्दै आएपनि प्राधिकरणले सेवासुविधामा विभेदगर्दै आएको जानकारी दिए ।

उनले सोर्सफोर्स भएकाहरुलाई ज्यालादारीमा राखिएपनि पहुंच नभएकाहरुलाई गोटागन्तीमा राखिएको बताए । ज्यालादारीमा मिटर रिडङ गर्नेहरुले मासिक १५ हजार ५ सय कमाउनेगरेपनि गोटा गन्तीमा कामगर्नेहरुले मासिक ५ हजारपनि कमाउन नसकेको उहांको भनाई थियो ।

Advertisement

वर्तमान श्रम ऐन अनुसारको सेवासुविधा दिलाउन पहल गरिदिन उनले सरोकारवासंग आग्रह पनि गरेका छन् । समितिका महासचिव पदमबहादुर घिमिरेका अनुशार प्रदेश एक अन्र्तगत झापा,मोरङ,सुनसरी र इलाममा १ सय ८० जना मिटर रिडरहरु गोटा गन्तीमा काम गरिरहेको छन् ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top