प्रदेश १ मा विपद् ब्यवस्थापनको तयारी पूरा

विराटनगर, साउन १५
प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले प्रदेशको भौगोलिक अवस्थाको विश्लेषणगर्दै सरकारले विपद् ब्यवस्थापनको काम गरिरहेको बताएका छन ।

गृहमन्त्रालय र प्रदेश नं १ आन्तरिक मामिला तथा कानून मन्त्रालयद्धारा संयुक्त रुपमा विराटनगरमा आयोजित विपद जोखिम न्यूनिकरण व्यवस्थापन छलफल कार्यक्रममा उनले प्राकृतिक प्रकोपको रुपमा आउने विपदवाट प्रदेशका जनतालाई सुुरक्षित व्यवस्थापनकालागि सरकारले आवश्यक सामाग्रीकोलागि गोदाम लगायतका सम्पूर्ण कार्य तयारी अवस्थामा राखेको बताए ।

मुख्यमन्त्री राईले सरकारले प्रदेशमा आईपर्ने विभिन्न प्रकारको जोखिमको न्यूनिकरण गर्नकालागि संघीय लगायत स्थानीय सरकारको सहयोगमा कार्य गर्ने वताउदै संभावित जोखिम क्षेत्रमा आवश्यक पर्ने जस्तोसुकै सहयोगकालागि तयारी अवस्थामा रहेको पनि बताए ।

Advertisement

प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले नदी किनारामा घर निर्माणमा स्थानीय निकायले रोक लगाउनुपर्ने धारणा व्यक्त गरे । उनले खोलानालाको प्राकृतिक स्रोतको उचित व्यवस्थापन नगरेका कारण जोखिम वढेको वताउदै विगतमा भन्दा अहिले जोखिममा वृद्धि भएको बताए ।

कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले प्राकृतिक प्रकोपवाट हुने जोखिम न्यूनिकरणका लागि वजेट विनयोजन गरी आवश्यक सामाग्रीको बन्दोवस्तका साथ विभिन्न ५० वटा संघसंस्थासंग सहकार्यका लागि छलफल सम्पन्न गरेको जानकारी दिए ।

प्रदेश १ मा प्राकृतिक प्रकोपमा परी ७ वर्षमा ७२६ जनाको मृत्यु भएको छ । १७ जना बेपत्ता भएका छन् भने १ हजार ९९ जना घाइते भएको तथ्यांक कार्यक्रममा सार्वजनिक गरिएको थियो ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top