प्रदेश १ मा संक्रमितको उपचार निःशुल्कै, खर्च प्रदेश सरकारले बेहोर्ने

३ कात्तिक ७७, मंगलबार

विराटनगर: प्रदेश १ मा कोरोना संक्रमितको उपचार खर्च प्रदेश सरकारले नै बेहोर्ने भएको छ। सामाजिक विकासमन्त्री जीवन घिमिरेले आफ्ना नागरिकको उपचार खर्च आफैं बेहोरेको र अब पनि उपचार निःशुल्क नै गर्ने जानकारी दिए।

‘यो महामारीमा सबै नागरिक समस्यामा छन्। हामी प्रदेश सरकार सुरुदेखि नै यो महामारी नियन्त्रणमा खटिएका छौं’, मन्त्री घिमिरेले भने, ‘अब पनि कोरोना संक्रमित नागरिकको उपचार निःशुल्क नै हुन्छ। यसमा सबै ढुक्क हुनुहोस्।’

उनका अनुसार प्रदेश सरकारले कोभिड अस्पताल, आइसोलेसन चलाउँदै आएकाले संक्रमितहरु निजीमा दौडनुपर्ने अवस्था छैन। कोरोना संक्रमण रोक्ने सरकारको अभियानमा सबैले साथ दिनुपर्ने उनको भनाइ छ। ‘महामारीमा सबै लडेकै छौं। सबै आआफ्नो स्थानबाट संक्रमण नियन्त्रणमा लाग्नुपर्छ’, उनले भने, ‘सरकारको अभियानलाई साथ दिए मात्रै यो सफल हुन्छ।’, यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top