प्रदेश १ मा ४० अर्ब ८९ करोडको बजेट,प्राथमिकतामा स्वास्थ्य [पूर्णपाठ]

१ असार, विराटनगर ।

प्रदेश १ सरकारले आगामि आर्थिक वर्ष २०७७/७८ का लागि ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजारको बजेट ल्याएको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले सोमबार प्रदेशसभामा पेश गरेको बजेट कोभिड – १९को रोकथाम, नियन्त्रण र उपचार एवम् भविष्यमा आउन सक्ने विभिन्न महामारी केन्द्रीत छ ।

बजेटमा चालुतर्फ १८ अर्ब ९३ करोड ४९ लाख ९३ हजार र पूँजिगततर्फ २१ अर्ब ९२ करोड ५० लाख ४ हजार विनियोजन गरेको छ । वित्त व्यवस्थातर्फ ४ करोड, अन्तर सरकारी वित्त हस्तान्तरणतर्फ २ अर्ब ८८ करोड ८२ लाख ४५ हजार बजेट विनियोजन गरेको छ ।

Advertisement

आयतर्फ आन्तरिक स्रोतबाट ४ अर्ब ७५ करोड ७ लाख ४७ हजार, राजश्वबाँडफाँडबाट १० अर्ब ३ करोड ४५ लाख, अनुदानबाट १५ अर्ब ११ करोड ३८ लाख, नगद मौज्दात ६ अर्ब र अपुग ५ अर्ब बजेट नेपाल सरकारबाट ऋण लिने अनुमान गरिएको छ ।

बजेटमा कृषितर्फ ३ अर्ब ८३ करोड १६ लाख बजेट विनियोजन गरेको छ । स्वास्थ्यतर्फ कोशी अस्पतालको कोभिड १९ उपचार केन्द्रलाई सरुवा रोग तथा अनुसन्धान केन्द्रमा रुपान्तरणका लागि ५० करोड, मेची अस्पतालमा उपकरण खरिदका लागि २३ करोड, प्रदेशस्थित २५ शय्याको अस्पताललाई स्मार्ट अस्पतालको रुपमा विकास गर्न १ अर्ब १० करोड बजेट विनियोजन गरेको छ ।

Advertisement

प्रदेश जनस्वास्थ्य प्रयोगशालाको क्षमता अभिवृद्धि गर्न, भवन निर्माण, अत्याधुनिक पिसिआर मेसिन र उपकरणहरूको प्रबन्ध गर्न ६ करोड ४६ लाख रुपैयाँ विनियोजन गरिएको छ । दातृ निकायको सहयोगमा प्रदेश जनस्वास्थ्य प्रयोगशालाको भवन निर्माण कार्य आगामी आर्थिक वर्षभित्र सम्पन्न गरिनेछ । अनुबंशिक अपांगता (हेमोफिलिया) भएका व्यक्तिहरूका लागि एन्टिहेमोफिलिक फ्याक्टरको व्यवस्था गरी जीवन रक्षा गर्न १ करोड रुपैयाँ बिनियोजन गरिएको छ । गर्भवती, प्रसुती, र नवजात शिशु समेतलाई उत्कृष्ट सेवा प्रदान गर्न स्थानीय तहसँगको समन्वयमा ग्रामीण स्वास्थ आमा कार्यक्रमको लागि ५ करोड तथा आपतकालीन व्यवस्थापनका लागि हवाई उद्दार गर्न आवश्यक बजेट व्यवस्था गरिएको छ ।

उदयपुरको कटारी, झापाको दमक र सुनसरीको इटहरी अस्पतालको क्षमता अभिवृद्धि गर्ने बजेट बिनियोजन गरेको र प्रदेश प्रमुख जेष्ठ नागरिक दन्त उपहार कार्यक्रमको लागि १ करोड ५० लाख विनियोजन गरिएको छ । यस्तै मोरङ्गको मंगलबारेस्थित मंगलबारे अस्पताललाई प्रदेशकै गौरवको आयोजनाको रुपमा स्तरोन्नती गर्ने घोषणा गरिएको छ ।

स्वास्थ्य सेवा प्रबाहलाई प्रभावकारी रुपमा संचालन गर्न प्रदेशभर डिजीटल हेल्थ तथा टेलिमेडिसिन सेवाको पहुँच बिस्तार गर्ने र कोभिड १९ को रोकथाम नियन्त्रण, उपचारर राहतको लागि गठित कोरोना जनसुरक्षा कोषमा पर्याप्त बजेटको व्यवस्था गरेको छ ।

शिक्षातर्फ स्मार्ट विद्यालय निर्माणका लागि १६ करोड बजेट विनियोजन गरिएको हो । त्यस्तै प्रदेश सरकारले वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई लक्षित गरी ३ करोड, मुख्यमन्त्री युवा उद्यम कार्यक्रममा २५ करोड बजेट विनियोजन गरिएको छ ।

पूर्वाधार तथा यातायात क्षेत्रमा ८ अर्ब ७४ करोड, सहरी विकासतर्फ १ अर्ब ३७ करोड ३९ लाख, सिचाइ तथा नदी नियन्त्रणतर्फ ४ अर्ब ९ करोड, ऊर्जातर्फ उज्यालो कार्यक्रमका लागि ४ करोड, खानेपानी तथा सरसफाइतर्फ २ अर्ब ५० करोड, पर्यटनतर्फ १ अर्ब १९ करोड १० लाख, उद्योग, वाणिज्यतर्फ २० करोड ५० लाख, वन तथा वातावरणतर्फ १ अर्ब ४५ करोड, महिला सशक्तीकरणका लागि ६ करोड ३० लाख, महिला हिंसा न्यूनीकरणका लागि ३ करोड ४२ लाख बजेट विनियोजन गरेको छ ।

बजेटको पूर्णपाठ :

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top