×

NEPAL TIMES UPDATES

Playing
सुकुम्बासीमा डोजर लगाउन सर्वाेच्चले रोक्यो|| Nepal Times
May 08, 2026
Playing
आशाको केन्द्र मानिएका गगन मौनताको ओडारमा || Nepal Times
May 08, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-25-2083 || Nepal Times
May 08, 2026
Playing
प्रधानन्यायाधीश सिफारिस किन विवादमा पर्याे ? नोट अफ डिसेन्टमा के छ ? || Nepal Times
May 08, 2026
Playing
के कोरोना जस्तै हो हान्टा भाइरस ?८ केस भेटियो,१४९ यात्रु क्रुजमै फसे || Nepal Times
May 08, 2026
Playing
के क्यानडालाई ट्रम्पले टुक्र्याउन लागेका हुन् ? जनमतसंग्रह हुँदै|| Nepal Times
May 08, 2026
Playing
World News:होर्मुजमा जहाजको जाम,२० हजार मानिस फसे,क्यानडा टुक्रिन सक्ने|| Nepal Times
May 08, 2026
Playing
लेखापालले बिहेमा हवाइ फायरिङ गरेपछि|| Nepal Times
May 08, 2026
Playing
UAE मा क्षेप्या*स्त्र र ड्रो*न ख*त*रा, नागरिकलाई गराइयो अलर्ट || Nepal Times
May 08, 2026
Playing
गौतमबुद्ध क्रिकेट रंगशाला बजेट अभावले फेरि अलपत्र|| Nepal Times
May 08, 2026

प्रदेश १ मै पहिलो पटक नोबेलले थाल्यो मृगौला प्रत्यारोपण सेवा

२९ भाद्र २०७८

२९ भदौ, विराटनगर ।
विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले प्रदेश नं. १ मै पहिलो पटक मृगौला प्रत्यारोपण सेवा सुरु गरेको छ । श्रीमतीको मृगौला श्रीमानको शरिरमा सफलतापूर्वक प्रत्यारोपण गरेर नोबेलले मृगौला प्रत्यारोपण सेवा सुरु गरेको हो ।

सुनसरीको धरान–६ का ३३ बर्षीय टेकनाथ भुर्तेलको शरिरमा उनकी श्रीमती ३३ बर्षीया नन्दकुमारीको मृगौला सफलतापूर्वक प्रत्यारोपण गरिएको नोबेल अस्पतालका सञ्चालक डा.सुनिल शर्माले जानकारी दिए । ‘नोबेलमा सफलतापूर्वक मृगौला प्रत्यारोपण गरिएको छ,’ डा.शर्माले भने, ‘प्रदेश नं.१ मै पहिलो पटक नोबेलले मृगौला प्रत्यारोपण थालेको हो । अब, नियमित रुपमा मृगौला प्रत्यारोपण सेवा सञ्चालन गछौं ।’ अहिले संघीय राजधानीमा मात्र मृगौला प्रत्यारोपण सेवा उपलब्ध छ । पूर्वी नेपालमा पहिलो पटक नोबेलमा यो सेवा सुरु भएको हो ।

Advertisement
Advertisement

नोबेलका मृगौला रोग विशेषज्ञ तथा मृगौला प्रत्यारोपण फिजिसियन डा.शैलेन्द्र श्रेष्ठ र यूरोलोजिष्ट तथा मृगौला प्रत्यारोपण शल्य चिकित्सक डा.रामसागर शाहको नेतृत्वमा यो सेवा सुरु गरिएको हो । नोबेलका मृगौला प्रत्यारोपण शल्य चिकित्सक डा. शाहसहितको टिमले गत शनिवार भुर्तेलको शरिरमा सफलतापूर्वक मृगौला प्रत्यारोपण गरेको हो । मृगौला प्रत्यारोपणका लागि सहिद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्रका निर्देशक प्रा.डा.प्रेम ज्ञवाली, डा.दिपेश श्रेष्ठ, एनएसथियोलोजिष्ट अर्चन अधिकारीसहितको टिमले सहयोग गरेको थियो ।

ल्याप्रोस्कोपिक बिधिबाट श्रीमतिको वायाँ मृगौला निकालेर श्रीमानको पेट चिरेर दायाँतर्फ राखिएको डा.शाहले जानकारी दिए । ‘मृगौला प्रत्यारोपण थालेको पहिलो पटक नै नेपालका कुनैपनि अस्पतालले ल्याप्रोस्कोपिक विधिबाट मृगौला निकालेर प्रत्यारोपण गरेका छैनन्, हामीले पहिलो पटक नै ल्याप्रोस्कोपिक विधि प्रयोग गर्यौं,’ उनले भने ।

दुई बर्ष अघिदेखि दुवै मृगौला ‘फेल’ भएपछि टेकनाथ नियमित डाइलाइसिस गराउँदै आएका थिए । मृगौला प्रत्यारोपणपछि अहिले श्रीमान–श्रीमती दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको मृगौला प्रत्यारोपण फिजिसियन डा.श्रेष्ठ बताउँछन् । उनी भन्छन् ‘मृगौला प्रत्यारोपण सफल भएपछि उहाँले डाइलाइसिस गरिरहनु पर्दैन, सामान्य दैनिकीमा फर्कनुहुन्छ । औषधि भने खाइरहनुपर्छ ।’

Advertisement
Advertisement

नोबेल अस्पतालका निर्देशक डा.राजेश नेपालका अनुसार मृगौला प्रत्यारोपण सेवा सञ्चालनका लागि अनुमति माग गर्दै नोबेलले २०७६ भदौ महिनामा दरखास्त दिएको थियो । स्वास्थ्य सेवा बिभागको अङ्ग प्रत्यारोपण समन्वय समितिको गत साउन १ गतेको निर्णय बमोजिम नोबेललाई मृगौला प्रत्यारोपणका लागि अनुमति दिइएको हो । दुबै मृगौला पूर्ण रुपमा ‘फेल’ भएका विरामीहरुलाई मृगौला प्रत्यारोपण गर्ने गरिन्छ ।

भर्खरको समाचार

भुक्तानी विवादले रोकियो राष्ट्रिय सपना गौतमबुद्ध रंगशालाको काम

GautamBuddhacricketstadium_20211223141704 (1)

लिपुलेकबारे बालेन सरकारले अब भारतसँग वार्ता गर्ने

MixCollage-08-May-2026-03-47-PM-2837

नेपालको पासपोर्ट विश्वका सबैभन्दा कमजोर देशहरूको सूचीमा

Passports-1024x672

हर्कको राजनीतिःआफ्नै दलको उपसभामुखविरुद्ध खेद जनाए

Screenshot 2026-05-08 152545

युएईमा क्षेप्यास्त्र र ड्रोन खतरा, नागरिकलाई गराइयो अलर्ट

UAE-FLAG-ILOE-scheme-1

संघीयताको जननी मधेशमै संघीयता धरापमा, जनमतको फोहोरी खेल

ck-raut_nwdI37ZBNo

चीनका दुई पूर्वरक्षामन्त्रीलाई सुनाइयो मृत्युदण्ड

Screenshot 2026-05-08 144358

सूर्यमुखी तेल उत्पादक कम्पनीका सञ्चालक पक्राउ

Screenshot 2026-05-08 143549

स्ट्रेट अफ होर्मुजमा अमेरिका र इरानबीच भिषण भिडन्त

HORMUZ

प्रधानन्यायाधीश सिफारिसमा प्रश्न उठाउनेलाई बालेनले दिए जवाफ

manoj_sharma-750x375@2x

सम्बन्धित खबरहरु

Scroll to Top