प्रदेश १ सरकारले कोभिडविरुद्ध २७ करोड खर्च गर्याे

२० असार, विराटनगर ।
नेपालमा एकै दिन शुक्रबार मात्रै ७४० जना संक्रमित भेटिए भने सोहि दिन काठमाडौंमा कोरोना संक्रमित एक बृद्धको मृत्यू भयो । योसँगै नेपालमा मृतकको संख्या ३२ पुगेको छ । संघीय सरकारसँगको समन्वयमा ७ वटै प्रदेश आ—आफनो तरिकाले कोरोना संक्रमण नियन्त्रण गर्न लागि परेका छन् । यो बीचमा प्रदेश १ सरकारले भने कोभिड कोषमा जम्मा भएको मध्ये २७ करोड बढी खर्च गरेर अन्य प्रदेश भन्दा उत्कृष्ट रुपमा कोरोना संक्रमण नियन्त्रणमा काम गरिरहेको दावी गरेको छ ।

चैत्र ११ गते देश कोरोना संक्रमण नियन्त्रणका लागि लकडाउन गर्याे । न त क्वारेन्टाइन भन्ने शब्दबाट नेपाली जनता पूर्ण रुपमा परिचित थिए न त आइसोलेसन शब्द बाट नै । तर प्रदेश १ ले भने प्रदेशमा संक्रमण भेटिनु अगावै कोभिड १९ अस्पताल नै स्थापना गर्याे । १. नं प्रदेश सरकारले कोरोना संक्रमितको उपचारका लागि धरानको बीपी कोइराला सवास्थ्य विज्ञान प्रतिष्ठान, विराटनगरकोे कोशी, उदयपुरको चौदण्डीगढी र सुन्दरहरैंचाको पीयू मा ३५३ बेडको आईसोलेशन उपचार केन्द्र स्थापना गरेको छ । शुक्रबारसम्म जम्मा संक्रमित ६ सय ५३ मध्ये ४ सय २१ जना डिस्चार्ज भईसकेका छन् । शुक्रबार १ नं प्रदेश सरकारले गरेको पत्रकार सम्मेलनमा आगामी दिनमा आउन सक्ने संभावित जोखिमलाई लक्षित गरी प्रदेश सरकारले अस्पतालको क्षमता बृद्धि गर्ने तयारी गरेको मुख्यमन्त्री कार्यलयमा प्रमुख सचिव दिनेश भट्टराईले सरकारको प्रतिवेदन सार्वजनिक गर्दै जानकारी दिए ।

सरकारले कोशीको कोभिड–१९ उपचार केन्द्रलाई १ सयबाट बृद्धि गरेर ३ सय बेड, मेची अस्पताल झापामा २ सय र धाईजन हेल्थ पोष्ट मेची नगरपालिकामा २५ शैयाको आईसोलेशन अस्पताल बृद्धि गर्न रकम निकासा गरिसकेको सचिव भट्टराईले जानकारी दिए । तीमध्ये मेची अस्पताल झापामा १ सय शैयाको तयारी अन्तिम चरणमा पुगेको छ । यता , मुख्यमन्त्री शेरधन राईले प्रदेश १ मा आत्तिनु पर्ने अवस्था नभएको बताएका छन् । कोरोना भाईरसको रोकथाम तथा नियन्त्रणका लागि प्रदेश १ सरकारले व्यवस्थित रुपमा काम गरिरहेको उनले बताए ।

Advertisement

मुख्यमन्त्री राईले सीमाहरुमा सुरक्षा फौजलाई लकडाउन लगत्तै देखि केन्द्रित गरिएको बताए । प्रदेश १ मा २५ हजार बढीको स्वाव संकलन गरिएको छ । पछिल्लो तथ्याङ अनुसार २५ हजार ३ सय ४० जनाको स्वाव संकलन गरिएको मध्ये ६ सय १६ को कोरोना रिपोर्ट पोजेटिभ र २३ हजार ९ सय ७० को नेगेटिभ रिपोर्ट आएको बताईएको छ । यता प्रदेश सरकारले भारतसँग सीमा जोडिएका चारवटा जिल्लामा २४ वटा होल्डिङ एरिया स्थापना गरेको छ । झापामा १९, मोरङमा १, सुनसरी २ र इलाममा २ वटा होल्डिङ एरियामा २ हजार ९७२ जना रहेका छन् ।

यस्तै प्रदेश १ सरकारले कोरोना रोकथाम, नियन्त्रण र उपचारका लागि सञ्चालन गरेको जनसुरक्षा कोषमा ३३ करोड ५४ लाख रुपैयाँ जम्मा भएको छ । कोषमा जम्मा भएको रकम मध्ये २५ करोड प्रदेश सरकारबाट र अन्य विभिन्न क्षेत्रबाट संकलन भएको प्रदेश १ का प्रमुख सचिव भट्टराईले बताए । कोषमा जम्मा भएको रकममध्ये २७ करोड ३३ लाख ८९ हजार खर्च भई सकेको उनले बताए । संघीय सरकारबाट कोभिड विरुद्ध भएको खर्चमा आंशकाहरु उब्जिरहेका बेला प्रदेश १ सरकारले पत्रकार सम्मेलन गरी खर्च सार्वजनिक गरेको छ । कोरोना कहरमा तामझामका साथ सरकारका उपलब्धी सार्वजनिक गर्ने स्वरुमा गरिएको पत्रकार सम्मेलनमा प्रदेश सरकारका सवै मन्त्रीहरुको सहभागिता रहेको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

सम्बन्धित समाचार

Scroll to Top