प्रदेश १ सरकारले हावाहुरी पिडितलाई १ करोड दिने

विराटनगर, चैत २२
बारा पर्सामा केही दिन अघिको हुरीबतासबाट पिडित भएकाहरुलाई प्रदेश नम्बर १ सरकारले १ करोड रुपैयाँ दिने निर्णय गरेको छ । प्रदेश सरकारको मन्त्रीपरिषद बैठकले १ करोड रुपैयाँ दिने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ ।

सो रकम २ नम्बर प्रदेशको राहत तथा उद्धार कोषमा जम्मा गरिने छ । बिहिवार साँझ बसेको प्रदेश सरकारको बैठकले प्रदेश नम्बर २ सरकारको राहत तथा उद्दार कोषमा जम्मा गर्ने गरी एक करोड रूपैयाँ सहयोग गर्ने निर्णय गरेको आर्थिक मािमला तथा योेजना मन्त्री ईन्द्र आङ्बोले जानकारी दिए ।

यसअघि विराटनगर महानगरपालिकाले पनि हुरीपिडितलाई सहयोग गर्ने घोषणा गरेको थियो । त्यस्तै मन्त्रिपरिषद बैठकले विभिन्न विधेयकहरु तर्जुमा गर्न सैद्धान्तिक सहमति समेत प्रदान गरेको छ ।

Advertisement

विहिबार साँझकोे बैठकले प्रदेश प्रहरीको गठन, सेवा शर्त र सञ्चालन सम्बन्धमा गर्न बनेको विधेयक २०७५ लाई सैद्धान्तिक स्विकृती दिएको छ । त्यस्तै गाँउ तथा नगरसभाका सदस्यहरुको सुविधा २०७५ लाई संसोधन गर्न बनेको विधेयक प्रदेश सभामा पेश गर्न स्विकृत गरेको छ ।

वृहत्तर विराट विकास क्षेत्र सम्बन्धमा व्यबस्था गर्न बनेको विधेयक २०७५ को तर्जुमा गर्न पनि स्विकृती दिएको छ । त्यस्तै बैठकले सुनसरीको चतरामा आयोजना हुने दोश्रो पिण्डेश्वर अर्धमहाकुम्भ मेला व्यबस्थापन गर्न मुल समारोह सहयोग समिति गठन गरेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top