प्रधानमन्त्रीकै छत्रछायाँमा व्यावसायीहरुले कमिसनका लागि खोप रोक्नु अक्षम्य अपराध होः शेखर कोइराला

२२ बैशाख ७८, बिहीबार

२३ वैशाख, विराटनगर ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले महामारीको कहालीलाग्दो समयमा व्यवसायीलाई भ्याक्सिन रोक्नु जनतामाथि धोका भएको बताएका छन्।

कमिसनकै खेलमा प्रधानमन्त्री केपी शर्मा ओली निकट व्यवसायीले कोरोना भ्याक्सिन रोकेको खबरले लज्जित बनाएको उल्लेख गर्दै जनतामाथि धोका हुनै नसक्ने कोइरालाले उल्लेख गरेका छन् ।

विहीबार विहान सामाजिक संजालमा उनले लेखेका छन्, कमिसन नमिलेकै कारण प्रधानमन्त्री केपी ओली निकट व्यावसायीहरु बिजय दुगड र ऋतु वैद्यले कोरोना भ्याक्सिन रोकेको भन्ने खबरले लज्जित बनाएको छ, महामारीको कहालिलाग्दो समयमा जनतामाथि यति ठुलो धोका ?

Advertisement

अघिल्लो वर्षको महामारीमा पनि स्वास्थ्य सामग्री खरिदमा घोटला भएको उल्लेख गर्दै यस्ता अपराध क्षम्य हुन नसक्ने कोइरालाको भनाई छ। पहिलो चरणको महामारीका समयमा ठुलो आर्थिक चलखेल गरी प्रधानमन्त्री निकट ओम्नी समूहलाई स्वास्थ्य सामग्री खरिदको जिम्मा दिइएको थियो, उनले भनेका छन्, देश र जनता कोरोना संक्रमणको महामारीमा रहेको समयमा स्वयं प्रधानमन्त्रीकै छत्रछायाँमा रहेका व्यावसायीहरुले जनस्वास्थ्य माथि गरेको यति ठुलो अपराध र बेइमानी कदापि क्षम्य हुन सक्दैन।

व्यवसायीको नाममा भएका सबै अपराधको जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्ने उनको तर्क रहेको छ। यसको सबै जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्छ र समय आएपछि जनताले यसको हिसाब गर्नेछन्, कोइरालाले भनेका छन्।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top