प्रधानमन्त्रीद्वारा १६५ सडक विस्तार कार्यक्रमको शुभारम्भ

२० चैत ७७, शनिबार

२१ चैत्र, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले एकैपटक १६५ सडकको शिलान्यास गरेका छन् ।

शनिबार भौतिक पूर्वाधार मन्त्रालयमा आयोजित कार्यक्रमको भर्चुअल रुपमा प्रधानमन्त्री ओलीले १६५ निर्वाचन क्षेत्रका रणनीतिक सडक विस्तार कार्यक्रमको शुभारम्भ गरेका हुन्।

१६५ निर्वाचन क्षेत्रमाई आधारभूत रुपमा सडक पूर्वाधारले समृद्ध बनाउने सडक विस्तार कार्यक्रमको लक्ष्य रहेको छ।

Advertisement

हाल संघीय सरकार मातहत ८० वटा राष्ट्रिय राजमार्ग छन्। तिनको निर्माण, सञ्चालन, मर्मत सम्भार र व्वस्थापन गर्ने काम संघीय सरकारले गरिरहेको छ।

देश विकासमा महत्वपूर्ण टेवा पुग्ने लक्ष्यसाथ एकीकृत रुपमा निर्वाचन क्षेत्र विकास गर्ने लक्ष्य राखिएको कार्यक्रममा भौतिक योजना तथा यातायात मन्त्री वसन्त नेम्वाङले बताए।

Advertisement

कम्तीमा प्रत्येक निर्वाचन क्षेत्रमा एउटा सडक सञ्जाल विकास गर्ने उद्देश्य यो कार्यक्रमको छ।

त्यसैगरी, निर्वाचन क्षेत्रमै रहेका अधुरा र अलपत्र सडकलाई साझा स्वरुप दिइने उद्देश्य रहेको नेम्वाङले बताए।

कार्यक्रममा बोल्दै प्रधानमन्त्री केपी ओलीले ५७ अर्ब १० करोड रुपैयाँको लागतमा तीन वर्षभित्र पूरा गर्ने लक्ष्य रहेको बताए।

‘यसले कमसेकम दुई लेनको सडक २२१० किलोमिटर कालोपत्र गर्दैछौं, त्यसले कि अन्तरजिल्ला, सदरमुकाम वा हाइवेसम्म जोड्छ,’ ओलीले भने, ‘तीन वर्षभित्र यी पूरा हुन्छन्, म भनिएको समयभित्र गुणस्तरीय रुपमा काम सम्पन्न भएको हेर्न चाहन्छु।’

ओलीले सरकारका काम समयमा पूरा नहुने गरेको भन्दै त्यस कार्यको अन्त्य हुनुपर्ने बताए। ‘हाम्रो काम, तदारुकतामा कमी आएको छ, समयमा पूँजीगत खर्च गरेर आयोजनाहरू समयमै वा त्यो भन्दा अगाडि, गुणस्तरीय रुपमा सम्पन्न हुनुपर्छ, गुणस्तरमा सम्झौता हुँदैन,’ ओलीले भने।

उनले मन्त्रालय, अन्य निकाय र सरोकारवालाई रेखदेख गर्न र काममा बाधा नपुर्‍याउन अनुरोध गरे।

उनले भने, ‘हामीले एउटा काम रोक्ने आदेश दियौं भने त्यसले के-के कुरामा र कति समय पछि पार्छ। पार्ने प्रत्यक्ष आर्थिक क्षति र त्यसबाट प्रकट हुने विकासको गतिमा हामीले ध्यान दिनुपर्छ।’

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top