प्रधानमन्त्री ओलीको तुइन विस्थापित अभियान : ११३ स्थानमा झोलुङ्गे पुल निर्माण

३ माघ ७५, शुक्रबार

काठमाडौँ,माघ ४

प्रधानमन्त्री केपी शर्मा ओली पहिलोपटक प्रधानमन्त्री हुँदा शुरु गर्नुभएको ‘तुइन विस्थापन कार्यक्रम’ अन्तर्गत ११३ स्थानमा झोलुङ्गे पुलको निर्माण सम्पन्न भएको छ ।

ग्रामीण स्थानमा स्थानीयवासी जोखिमपूर्ण रुपले खोला तर्नुपर्ने बाध्यता हटाउन सरकारले विसं २०७२ असोजमा देशभर रहेका तुइनको खोजी गर्ने र त्यस ठाउँमा झोलुङ्गे पुलको निर्माण गर्ने घोषणा गरेको थियो ।

Advertisement

त्यतिबेला देशभरमा १८७ तुइनको पहिचान भएको सस्पेन्स विभागका इञ्जिनीयर हुमाकान्त मिश्रले बताए । वि.सं २०७२ मा नै देशभरमा कुन–कुन स्थानमा तुइनमार्फत स्थानीयवासी जोखिमपूर्ण रुपमा खोला तरिरहेका छन् भन्ने खोजी भएको थियो । त्यसपछिका वर्षहरुमा सरकारले झोलुङ्गे पुल निर्माणका लागि बजेट विनियोजन गरिरहेको छ ।

‘जति ठाउँमा बाँकी छन् त्यहाँ पनि केही न केही समस्या छ’, उनले भने । त्यो समस्या हटाएर देशभर तुइन विस्थापित गर्न विभाग लागेको छ । त्यतिबेला पहिचान भएका पुलमध्ये ५२ पुल आवश्यक नभएको विभागले बताएको छ । त्यस स्थानको नजिकै अर्को झोलुङ्गे पुल भएकाले वा चाँडै त्यस स्थानमा मोटर गुड्ने पुलको सम्भावना रहेका स्थानमा झोलुङ्गे पुलको निर्माण नगर्ने निर्णय भएको हो ।

Advertisement

हिउँदमा मात्रै बग्ने र साना खोलाभन्दा बाह्रै महिना खोला तर्न नसकिने ठाउँमा पुल निर्माणलाई प्राथमिकता दिइएको मिश्रले बताए । उनले भने, ‘हामीले यहाँबाट सकेसम्म ग्रामीण भेगका त्यस्ता ठाउँमा झोलुङ्गे पुल बनाउँछौँ जुन ठाउँमा १० वर्षसम्म पनि मोटरबाटोको सम्भावना छैन ।’

पहिचान भएका पुलमध्ये अहिले १७ स्थानमा अहिले काम भइरहेको छ । १८७ तुइनमध्ये ११३ स्थानमा सम्पन्न छन् र ५२ ठाउँमा पुल नचाहिने पाइएको छ । महाकालीको पाँच ठाउँमा पुल बनाउनका लागि भारतको केन्द्र र प्रदेश सरकारको सहमति चाहिन्छ ।

देशभरका धेरै ठाउँमा झोलुङ्गे पुल निर्माण अघि बढ्न नसक्नुमा सबैभन्दा ठूलो समस्याका रुपमा जग्गासम्बन्धी समस्या रहेको छ । सरकारको कतै पनि पुल निर्माण गर्नका लागि मुआब्जा दिने व्यवस्था गरेको छैन ।

त्यसो हुँदा सार्वजनिक जग्गा भएका ठाउँमा सजिलै पुल बन्ने भए पनि निजी जग्गा भएका ठाउँमा विवाद आइरहेको इञ्जिनीयर मिश्रले बताए । उनले भने, ‘जुन ठाउँमा पुल निर्माण गर्न चाहेको हो वा पुल आवश्यक छ त्यस स्थानमा स्थानीयवासीले स्वइच्छाले जग्गा नछाड्दा समस्या आउने गरेको छ ।’

महाकाली नदीमा आठवटा तुइन रहेको अध्ययनका क्रममा देखिएको थियो । तीमध्ये तीन पुलको निर्माण सकियो भने पाँच पुलको निर्माण शुरु हुन सकेको छैन । यी पुलले नेपाल र भारत जोड्छ । पुल निर्माणका लागि त्यहाँका प्रदेश सरकारले सहमति नदिँदा पुल निर्माण हुन नसकेको उनले बताइन् ।

स्थानीयस्तरबाट आएका मागबाट बढी आवश्यक भएका ठाउँको छनौट गरेर विभागले पुल निर्माण गर्दै आएको छ । तुइन विस्थापित गर्ने पुलसँगै अरु पुल गरेर यो आर्थिक वर्षभित्रमा १०० पुलको निर्माण सक्ने विभागको योजना छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतका यो विभागले १२० मिटरभन्दा लामो पुलको निर्माण गर्दै आएको छ । त्यो भन्दा छोटो पुल गाउँपालिका र नगरपालिकाले निर्माण गर्छन् ।रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले एकैपटक रचे दुई कीर्तिमान,लुका मड्रिचको भावुक विदाइ

ad657f7b-6036-4be9-a4fe-6a1f006e6e1b

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top