प्रधानमन्त्री माथि भएकाे हत्या प्रयासको राष्ट्रसंघीय महासचिवद्वारा निन्दा

संयुक्त राष्ट्रसंघ, असार १०

इथियोपियाका नवनिर्वाचित प्रधानमन्त्री अविय अहमदलाई लक्ष्यगरी शनिबार गरिएको हत्या प्रयासको संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले निन्दा गरेका छन्।

प्रधानमन्त्री अहमदको सम्मानमा शनिबार आयोजना गरिएको विजय जुलुसपछिको सम्बोधनका क्रममा आतङ्ककारी हमला भएको थियो । विष्फोटमा परी कैयौँ सर्वसाधारणको मृत्यु भएको थियो ।

Advertisement

इथियोपियाको राजधानी अदिस अबाबामा आयोजित ¥यालीपछि उनले दशौँ हजारको सङ्ख्यामा उपस्थित समर्थक तथा शुभेच्छुकहरुलाई सम्बोधन गर्ने क्रममा अकस्मात विस्फोटक पदार्थबाट आक्रमण भएको थियो ।

प्रधानमन्त्रीले सम्बोधन गर्ने क्रममा उनलाई नै लक्ष्य गरेर प्रहरीको पोशाकमा रहेका केही व्यक्तिले ग्रिनेड हानेका थिए । प्रधानमन्त्री भने सो आक्रमणबाट बचेका थिए ।

Advertisement

त्यसमा परी एकजनाको ज्यान गएको छ भने १०० जनाभन्दा बढी सर्वसाधारण घाइते भएका छन् । यो कार्य कायरतापूर्ण रुपमा गरिएको छ र यसमा संलग्नहरुलाई कसैले पनि माफी दिने छैनन्– महासचिवका तर्फबाट उनका प्रवक्ता स्टेफन डुजारिकद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

जुलुसमा ठूलो सहभागिता रहेकोले त्यसलाई छायाँमा पार्ने उद्देश्यले विपक्षी समूहले विष्फोट गराएको हुनसक्ने यहाँको सरकारी समाचार संस्था फाना ब्रोडकास्टिङ कर्पाेरेटले जनाएको छ ।

प्रधानमन्त्रीका रुपमा पद सम्हालेपछिको छोटो समयमा नै उनले सेना प्रमुख र गुप्तचर प्रमुखलाई बर्खास्त गरेका थिए । मानवअधिकार उल्लङ्घन गरेको भन्दै उनले इथियोपियाको सुरक्षा फौजको पनि आलोचना गरेका थिए ।

त्यसैले सुरक्षा निकायमा भएको फेरबदलबाट उत्पन्न असन्तुष्टिका कारण पनि यस्तो हमला भएको हुनसक्ने अनुमान कतिपयले गरेका छन् । तर यसको जिम्मेवारी भने कसैले लिएको छैन ।

रासस

 

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top