प्रमुख खबरहरु

 प्रमुख खबरहरुः

१.(२४ जिल्लामा संक्रमण)
नेपालमा शुक्रबार थप ९ जनामा कोरोना संक्रमण देखिएसँगै नेपालमा संक्रमितको संख्या २ सय ५८ पुग्यो /३६ जना उपचारपछि निको भएर फर्किए /देशका विभिन्न २४ जिल्लामा कोरोना संक्रमण ।

२.(परीक्षण यस्तो छ)
शुक्रबारसम्म पिसिआरबाट २३ हजार ९ सय १४ र आरडिटीबाट ६३ हजार ८५ जनाको परीक्षण /देशभर २ सय ६७ आइसोलेसनमा /१५ हजार ६ सय ८३ जना क्वारेन्टाइनमा ।

Advertisement

३.(आयो सरकारको नीति)
आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत÷सरकारले कोरोना भाइरसका कारण नेपालभित्र ज्यान जाने अवस्था आउन नदिने /आन्तरिक आवागमन र आपूर्ति र विकास निर्माणलाई तिब्रता दिने कार्यक्रम कार्यान्वयन गर्ने राष्ट्रपति भण्डारीको भनाई ।

४.(लकडाउन कस्तो गर्ने ?)
लकडाउनको मोडालिटी परिवर्तन गर्ने कोभिड—१९ उच्चस्तरीय समन्वय समितिको तयारी/परीक्षण, कन्ट्रयाक्ट ट्रेसिङको दायरा बढाउनुपर्ने, क्वारेन्टाइनको व्यवस्थापन राम्रोसँग गर्नुपर्ने विज्ञहरुको सुझाव ।

Advertisement

५.(५३ दिन काटियो)
कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनको ५३ दिन पूरा / लकडाउनका कारण जनजीवन प्रभावित /सवारी साधनको चेकजाँचमा कडाई ।

६.(अलपत्रको स्वदेश फिर्ती)
जापान र हङकङबाट छुट्टीमा नेपाल आएकालाई जान अनुमति दिइने / ती देशका स्थायी बसोबास भएकाहरू घुम्नका लागि नेपाल आएका, छुट्टीमा आएकाहरूलाई जान दिइने उच्चस्तरीय समन्वय समितिको निर्णय ।

७.(आइसोलेसन छाडे गोली)
पर्साको आइसोलेसन वार्डमा भर्ना भएका संक्रमित व्यक्ति भागे वा भाग्न खोजे सुरक्षा निकायलाई गोली समेत चलाउने अधिकार /आइसोलेसनबाट बुधबार दुईजना संक्रमित भागेर नियन्त्रणमा लिएपछि यस्तो निर्णय लिइएको प्रमुख जिल्ला अधिकारीको भनाई ।

८.(फर्किन थाले अलपत्र)
भारतले सीमावर्ती क्षेत्रमा क्वारेन्टाइनमा राखिएका नेपालीहरूलाई सीमासम्म ल्याइदिन थाल्यो /तीन दिनमा करिव १३ सय भित्रिए /भित्रिएकालाई १४ दिनसम्म क्वारेन्टाइनमा राख्ने र कोरोना परीक्षण गरेर गृहजिल्ला पठाइने ।

९.(आयोजना नरोकिने)
लकडाउनका कारण अर्थतन्त्र सुस्त भएपनि निर्मार्णाधीन ठूला आयोजना समयमै सम्पन्न गर्ने सरकारको घोषणा /बजेटको अभाव हुन नदिने उल्लेख /फजुल खर्च तथा अनावश्यक खर्च कटौती गरी भौतिक पूर्वाधारलाई प्राथमिकतामा राख्ने ।

१०.(जापानीलाई सहयोग)
नेपालमा रोकिएका जापानिज नागरिक तथा बिदामा आएका नेपाली लैजानका लागि नेपाल एयरलाइन्सको वाइडबडी जहाजले आज जापानको नारिता चार्टर्ड उडान भर्दै /२५० यात्रु लिएर जहाज रता उड्ने ।

११.(आउँछ कि त नक्सा ?)
सत्तारुढ नेकपाको सचिवालय बैठकमा सरकारले ल्याउने नीति तथा कार्यक्रमको विषयमा छलफल /लिम्पियाधुरासहितको नेपालको नयाँ नक्सा जारी गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिबद्धता ।

१२.(सेना प्रमुखले लाज पचाए)
नेपालले लिपुलेकको मुद्दा अरु कुनै मुलुकको इशारामा उचालेको भारतका सेना प्रमुख मनोज नरभानेको आरोप /विवाद निकाल्नुपर्ने कुनै कारण नरहेको र लिपुलेकमा निमार्ण गरिएको मानसरोवर जाने बाटो भारतीय भूमिमा नै रहेको दाबी ।

१३.(सरकारको आँखा खुलेपछि)
पूर्वी नेपालको अन्तिम सीमाबिन्दु ‘मेचीपारि’ समेत सरकारले अस्थायी बीओपी खडा गर्यो /असईको नेतृत्वमा चौकी राखेपछि भारतका आपराधिक समूहबाट हुँदै आएको गतिविधि रोकिएको स्थानीयको भनाई ।

१४.(सुझाव सुनौं)
भारतसँग निश्चित नाकाहरूमात्र अभिलेखीकरणको व्यवस्थासहित खुला गर्न र अन्य भागमा तारबार लगाउन साझा पार्टीको माग/ दुबै देशको हितका लागि राहदानी, नागरिकता र परिचयपत्रको आधारमा वारपारलाई नियमन गर्नुपर्ने सुझाव ।

र,
१५.(नबढेको दिन भएन)
विश्वव्यापी महामारी कोरोना भाइरसका कारण हालसम्म मृत्यु हुनेको संखया ३ लाख नाघ्यो /४५ लाख ४५ हजार बढी संक्रमित / १७ लाख १५ हजार बढी निको भएर घर फर्किए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top