प्रश्नपत्रको खर्च व्यर्थै, छापिएको प्रश्नपत्र नष्ट गरी नयाँ छाप्नुपर्ने

१५ कात्तिक ७७, आइतबार

काठमाडौं : कक्षा १२ को परीक्षा नयाँ मोडालिटीअनुसार सञ्चालन गर्दा राज्यकोषमा आर्थिक व्ययभार थपिने भएको छ। सय पूर्णांकलाई आधार मानेर सञ्चालन गर्ने गरी छापिएको प्रश्नपत्र नष्ट गरी नयाँ छाप्नुपर्ने भएको हो।

अब सय पूर्णांकमध्ये ४० प्रतिशतको मात्र लिखित परीक्षा हुनेछ। ४० प्रतिशत अंक कक्षा ११ को पढाइलाई आधार मानिनेछ। २० प्रतिशत भने विद्यालयले नै मूल्यांकन गरी अंक प्रदान गर्नेछ।

परीक्षार्थीलाई भीड गराएर परीक्षा हलमा बसाउनै पर्ने भएपछि कुल पूर्णांकअनुसारकै परीक्षा सञ्चालन गराएकै भए पनि उपयुक्त हुने केही अभिभावकको भनाइ छ। शतप्रतिशत लिखित भएका परीक्षामा परीक्षार्थीलाई तीन घण्टा समय छुट्ट्याइन्थ्यो। यसपटक भने अधिकतम डेढ घण्टा मात्रै समय तोकिएको छ।

Advertisement

यसअघि अभ्यासमूलक विषयअनुसार बाँकी सबै प्रतिशतमा लिखित परीक्षा हुन्थ्यो। पुरानो प्रश्नपत्र पनि सोहीअनुसार छापिएको थियो। १ करोड रुपैयाँभन्दा बढी खर्च गरेर छापिएको प्रश्नपत्र राष्ट्रिय परीक्षा बोर्डको सानोठिमीस्थित कार्यालयमा सेनाको निगरानीमा राखिएको छ। १८ जना सेनालाई दैनिक ८ सय भत्ता दिएर प्रश्नपत्र सुरक्षामा खटाइएको परीक्षा नियन्त्रक कृष्ण शर्माले बताए।

बोर्डले कक्षा १२ को परीक्षा वैशाखमा सञ्चालन गर्ने गरी तालिका बनाएको थियो। त्यसकै आधारमा प्रश्नपत्र तथा उत्तरपुस्तिका पनि छपाइ भएको थियो। तर, कोभिड–१९ का कारण कक्षा ११ र १२ दुवैको परीक्षा रोकिएको थियो। कक्षा ११ को परीक्षा भने विद्यालयले सञ्चालन गर्न पाउने निर्णय सरकारले गरिसकेको छ।,याे खबर अन्नपूर्ण पाेस्ट दैनिकमा छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top