×

NEPAL TIMES UPDATES

Playing
इरान यु द्धः यूएईका राष्ट्रपतिलाई पुटिनको फोन, पाकिस्तानी मन्त्री तेहरानमा || Nepal Times
May 17, 2026
Playing
यो वर्ष मनसुनमै खडेरीको आशंका || Nepal Times
May 17, 2026
Playing
३ लाख नदिएसम्म उड्न दिन्न भनेपछि म्यानपावरमाथि स्टिंग अपरेसन || Nepal Times
May 17, 2026
Playing
नेपालमा ८ महिनालाई पुग्ने चिनी मौज्दात, भण्डार र कालोबजारी नगर्नु || Nepal Times
May 17, 2026
Playing
देउवाका चार सारथिको मोर्चाबन्दी गगनलाई हुनसक्छ भारी || Nepal Times
May 16, 2026
Playing
साउदीमा १३० नेपाली श्रमिकको मृ त्यु, ५४४ जना जेलमा || Nepal Times
May 16, 2026
Playing
Watch Top15 News Of The Day in 7 Minutes || Nepal Times
May 16, 2026
Playing
गगन सिंगो पार्टीको सभापति बन्न सकेनन् || Nepal Times
May 16, 2026
Playing
ट्रम्पपछि लगत्तै पुटिन चीन जाने, एकपछि अर्का शक्तिशाली नेता बेइजिंग पुग्दै || Nepal Times
May 16, 2026
Playing
बालेनको नाम लिएर धाकधम्की दिने व्यक्तिबारे खबर गर्न अपिल || Nepal Times
May 16, 2026

प्राधिकरणको लापरवाहीले घाईते भएका मजदुरलाई काठमाडौँ लगियो (फोटो फिचरसहित)

विराटनगर,माघ २२
विराटनगरमा विद्युतको पोल सार्नेक्रममा करेन्ट लागेर गम्भिर घाईते भएका मोहम्मद राहनलाई थप उपचारका लागि काठमाडौ लगिएको छ । सिम्रिक एयरको हेलिकप्टर मार्फत उनलाई थप उपचारका लागि काठमाडौ स्थित ग्राण्डी अस्पताल लगिएको हो ।

विराट नसिङ्ग होममा उपचाररत राहनको स्वास्थ्य अबस्था गम्भिर भएपछि मंगलबार अपरान्ह ठेकेदार कम्पनीले हेलिकप्टर मार्फत उनलाई काठमाडौ लगेको अस्पतालका प्रतिनिधि सुनिल पोख्रेलले जानकारी दिए ।

Advertisement
Advertisement

विराटनगर ४ का राहनलाई लिन ग्राण्डी अस्पतालका डाक्टरसहितको टिम विराटनगर आएको थियो । सोमबार मध्यान्ह विराटनगर महानगरपालिकास्थित भृकुटीचोकमा विजुलीको पोल सार्ने क्रममा उनीसहित तीन मजदुर करेन्ट लागेर घाइते भएका थिए । पोल सार्ने क्रममा करेन्ट लाग्दा राहनसहित संजिव पासवान र मुकेश पासवान घाइते थिए। घाइते मध्ये राहनको अवस्था गम्भिर रहेको थियो ।

संजिव र मुकेशको भने विराट नर्सिङ होममा उपचार भईरहेको छ । मजदुरहरुले बिद्युत प्राधिकरणको गल्तीका कारण घटना भएको बताउदै आएका छन तर प्राधिकरणले आफ्नो गल्ती नभएको दाबी गरेको छ । निर्माणको जिम्मा लिएको कृष्ण बोहराको भूमि कन्ष्ट्रक्सनले मजदुरका लागि सामान्य सुरक्षा ब्यवस्था नगर्दा घटना हुन गएको बिद्युत प्राधिकरणले जनाएको छ ।

नेपाल बिद्युत प्राधिकरण बिराटनगर बितरण केन्द्रका प्रमुख राजिबकुमार सिंहले भुमी कन्ष्ट्रक्सनले मागेको एउटा भृकुटी फिडरको लाईन काटिएको थियो । त्योसहित अन्य ४वटा फिडरको पनि लाईन काटिएको उनले जानकारी दिए ।

भूमि क्षेत्रमापनि कन्ष्ट्रक्सनले कामको जिम्मा लिएको थियो । भृकुटी फिडरकोलागि मात्र बिद्युत कटौती गर्न बिराटनगर गेटदेखि पाञ्चालीसम्मको बिद्युत कटौती भएको थियो । तर त्यो बाहेकको अर्कै फिडरलाई चलाउनु यस्तो घटना हुन पुगेको प्रमुख सिंहले बताए ।

Advertisement
Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top