प्रि–मनसुनमा पनि पर्याप्त पानी नपर्नेः सुख्खापन, प्रदुषण र आगलागीका घटना अझै बढ्ने

१३ चैत, काठमाडौँ । यस वर्षको प्रि–मनसुनमा पनि पर्याप्त पानी नपर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

हिउँदमा पनि पर्याप्त पानी नपर्दा सुख्खा बढेको छ । पर्याप्त पानी नपर्दा हिउँदे बालीमा समेत नोक्सानी भएको थियो ।

मौसमविद् प्रतिभा मानन्धरका अनुसार अघिल्ला वर्षहरुमा जस्तो यो वर्षको प्रि–मनसुनमा पर्याप्त मात्रामा पानी पर्ने सम्भावना छैन। अहिले पश्चिमी र स्थानीय वायुको प्रभाव रहे पनि पानी पार्ने प्रणाली सक्रिय नभएकाले फाट्टफुट्ट बाहेक ठूलो पानी पर्न सकेको छैन ।

Advertisement

हरेक दिन दिउँसोपछि चट्याङ्गसहित हल्का पानी परे पनि जमिन भिज्ने गरी पानी नपरेको मौसमविद् मानन्धरले बताए । यसले गर्दा सुख्खापन बढेको छ भने वातावरण प्रदूषण पनि बढ्दै गएको छ।

मनसुन नलाग्दासम्म मौसम समान्यतया अहिलेको जस्तै नै रहने मौसमविद्को अनुमान छ । प्रि–मनसुनमा समेत पर्याप्त पानी पर्ने सम्भावना नरहेकाले कृषि बालीमा नोक्सानी पुग्ने सम्भावना छ । अहिले पहाडी क्षेत्रमा मकै छर्ने बेला भएको छ । तर, पानी नपर्दा किसानमा अन्योल बढेको छ ।

Advertisement

पर्याप्त पानी नपर्दा सिँचाई नहुने ठाउँका बालीमा रोगकिरा लाग्ने जोखिम पनि उत्तिकै रहने विज्ञले बताएका छन् । हिजोआज प्रायः सधैँजसो मौसम धुम्म भए पनि पानी पर्न सकेको छैन । यस्तै, वायुमण्डलमा थुप्रिएका धुलोका कणहरु बढार्ने गरी हावा नचल्दा वायु प्रदूषण पनि उत्तिकै छ ।

अघिल्लो वर्षको मनसुनपछि अहिलेसम्म जमिन भिज्ने गरी पर्याप्त पानी पर्न सकेको छैन । यसले गर्दा आगलागीका घटनासमेत बढ्दै गएको छ । बढ्दो सुख्खापनले आगलागीका घटना अझ बढ्न सक्ने मौसमविद्को अनुमान छ ।

यस्तै, अहिले काठमाण्डौ उपत्यकासहित देशभरका पहाडी ठाउँहरुमा मौसम आंशिक बद्ली भएको छ । आज र भोलि मौसम यस्तै नै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बेलुकीपख प्रदेश–१ सहित पहाडी क्षेत्रका केही ठाउँमा फाट्टफुट्ट पानी पर्ने सम्भावना रहेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले एकैपटक रचे दुई कीर्तिमान,लुका मड्रिचको भावुक विदाइ

ad657f7b-6036-4be9-a4fe-6a1f006e6e1b

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top