प्रेमप्रसाद सञ्जेलको पहिलो दिन : दस्तुर तिर्न कार्यालयमै काउन्टर, बिचौलियालाई बन्देज

Share this
678shares

विराटनगर : सर्वोच्च अदालतको आदेशपछि श्रम कार्यालय विराटनगरमा हाजिर भएका कार्यालय प्रमुख प्रेम प्रसाद सञ्जेलले सेवाग्राहीले बिचौलियालाई दिनुपर्ने शुल्क घटाउन कार्यालयमै बैंक काउण्टर खोल्न लगाएका छन् ।

Advertisement

बुधबार हाजिर भएका सञ्जेलले दस्तुर र बीमा शुल्कको लागि तत्काल सानिमा बैंकको काउण्टर खोल्न लगाएका हुन् । विराटनगरमै वैदेशिक रोजगारीमा जानेहरुको पुन ः श्रम स्वीकृती खुलेपछि सेवाग्राहीले काठमाडौँ जानुपर्ने बाध्यताबाट मुक्ति पाएका थिए । तर श्रम कार्यालय विराटनगरबाट पुन ः श्रम स्वीकृती खुलेपछि सेवाग्राहीले फाराम भर्दा बिचौलियालाई महंगो शुल्क बुझाउनुपर्ने बाध्यता थियो ।

सेवाग्राहीले बिचौलियामार्फत अनलाईन फाराम भरेको चारसय, वीमाको तीन र बैंकसम्म पुगेको तीनसय गरी एक हजार रुपैँया दस्तुर लिँदै आएका थिए । तर, सञ्जेलले वीमा र दस्तुर बुझाउन बैंकको काउण्टर कार्यालयमै खोल्न लगाएका हुन् ।

Advertisement

‘दस्तुर बुझाउन तीनवटा बैंकमा कार्यालयको खाता छ’ सञ्जेलले भने बैंकमा पैसा बुझाउन मात्र तीन सय रुपैँया लिएपछि सानिमा बैंकलाई काउण्टर खोल्न लगाएको छु ।, यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top