प्लाज्मा बैंक बनाउन र मास्क वितरण गर्न विज्ञकाे सुझाव

१० भदौ ७७, बिहीबार

११ भदाै, काठमाडाैँ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले कोभिड १९ रोकथाम तथा नियन्त्रणबारे बुधबार मन्त्रालयका उच्चअधिकारीसहित स्वास्थ्य क्षेत्रका विज्ञसँग भर्चुअल छलफल गरी सामूहिक प्रयासका लागि आह्वान गरेका छन् ।

मन्त्री ढकालले सबैको प्रयासले नै कोभिड १९ नियन्त्रणमा सफलता मिल्छ भन्दै निरन्तर सुझावको अपेक्षा राख्दै नियन्त्रणमा देखापरेका चुनौतीको सामना सामूहिक प्रयासबाट गर्नुपर्ने बताए ।

Advertisement

कोरोनाविरूद्ध अग्रपङ्क्तिमा खटिरहेका चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायतलाई धन्यवाद दिँदै सबैले उनीहरूको हौसला बढाउनुपर्ने बताए । छलफलमा डा महेश मास्केले सूचना व्यवस्थापन राम्रोसँग गर्नुपर्ने बताए। उनले कोरोना सङ्क्रमण नियन्त्रणभन्दा बाहिर नगएको जनाउँदै सङ्क्रमितको सङ्ख्या धेरै देखिए पनि सङ्क्रमणको दर घट्दोक्रममा रहेको बताए ।

उनले कोरोना नियन्त्रणका लागि मन्त्रालयले गरेको प्रयास प्रभावकारी रहेको र सबैले सरकारको अभियानमा सहयोग गर्नुपर्ने बताए । विज्ञ प्रा डा जीवन शेरचनले सरकारले निःशुल्क मास्क वितरणको व्यवस्था मिलाउनुपर्ने बताए ।

नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्रा डा भगवान कोइरालाले दशैँलगायत महत्वपूर्ण चाड नजिकै आइसकेका सन्दर्भमा स्वास्थ्य मापदण्ड बनाएर नागरिकलाई सहजीकरण गर्नुपर्ने बताए । उनले अस्पताल सङ्क्रमण रोकथामको काम गर्दै प्लाज्मा थेरापीका लागि प्लाज्मा बैंक बनाउनुपर्नेमा जोड दिए ।

नेपाल चिकित्सक सङ्घका अध्यक्ष लोचन कार्कीले स्वास्थ्यकर्मीको सुरक्षाको सवालमा अलि बढी ध्यान दिनुपर्ने बताए । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा अनुप बाँस्तोलाले भेन्टिलेटरमा जानेभन्दा पनि अक्सिजन थेरापीलाई महत्वका साथ अघि बढाउनुपर्ने बताउँदै अक्सिजन थेरापी भेन्टिलेटरभन्दा राम्रो र प्रभावकारी रहेको विचार राखे ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top