फिफाको नयाँ बरियता यस्तो छ, नेपाल कुन स्थानमा

२४ माघ ७५, शुक्रबार

एजेन्सी, माघ २५
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले नयाँ वरीयता जारी गरेको छ । उसले फेब्रुअरी महिनाका लागि नयाँ वरीयता जारी गरेको हो । फिफा वरीयताको सबैभन्दा शीर्ष स्थानमा बेल्जियम रहेको छ । यता रसिया विश्वकपमा तेस्रो बनेको थियो । विश्वकप विजेता फ्रान्स दोस्रो स्थानमा रहँदा ब्राजिल तेस्रोमा छ ।

त्यसैगरी, रसिया विश्वकपमा फाइनल खेलेको टोली क्रोएसिया चौथो स्थानमा छ भने इग्ल्यान्ड पाँचौं स्थानमा छ । त्यसपछि पोर्चुगल छैटौं, उरुग्वे सातौं, स्विट्जरल्यान्ड आठौं, स्पेन नवौं र डेनमार्क दशौं स्थानमा छ ।

नयाँ वरीयताअनुसार नेपाल यसपटक १६१औं स्थानमा छ । नेपाल यसअघि पनि सोही स्थानमा थियो । यता, दक्षिण एसियाली क्षेत्रबाट सबैभन्दा सिरानमा भने भारत छ । भारत फिफा वरीयताको १०३औं स्थानमा छ ।

Advertisement

यता, साफ च्याम्पियनसिप विजेता माल्दिभ्स १५२औं स्थानमा छ । केही समयअघि माल्दिभ्स बंगलादेशमा भएको साफ च्याम्पियनसिपमा नेपाललाई पन्छाएर फाइनल पुगेको थियो । जहाँ उसले फाइनलमा भारतलाई हराएर उपाधि जितेको थियो ।

दक्षिण एसियाली क्षेत्रबाट भुटान १८६औं, बंगलादेश १९२औं, पाकिस्तान १९९औं र श्रीलंका २००औं स्थानमा छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

afghanistan-pakistan-friendship-flags-waving-600nw-2614082565

रास्वपा महाधिवेशनको निष्कर्षः रवि झन शक्तिशाली, पार्टी ?

730732303_4445183819104388_7343949058751405664_n

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

सम्बन्धित समाचार

Scroll to Top