फेरि बढ्यो भारतमा कोरोना संक्रमण दर

0SHARES

२४ कार्तिक २०७७ नेपाल टाईम्स

२४ कार्तिक, एजेन्सी ।
मध्य सेप्टेम्बरताका भारतमा कोरोना संक्रमण दर घट्दो क्रममा थियो।

तर पछिल्लो हप्ता भने कोरोना संक्रमण दर बढ्न थालेको छ। नभेम्बर शुरु भएयता ८ तारिखसम्ममा यहाँ थप ३ लाख २५ हजार जनामा कोरोना भाइरस संक्रमण पुष्टि भइसकेको छ।

यसैगरी संक्रमितको मृत्यु दर पनि उकालोतिर छ। पछिल्लो हप्ता कोरोना संक्रमणका कारण ४ हजार १४ जनाको ज्यान गुमाए। जबकि अघिल्ला हप्ताहरुमा सरदर ३ हजार ५८६ जनाकोमात्र ज्यान गएको थियो।

टाइम्स अफ इन्डियाको अनलाइन संस्करणका अनुसार विषेशगरी नयाँ दिल्ली र हरयाणामा कोरोना केसहरु बढेका छन्। त्यसो त तेलंगना, राजस्थान, गुजरात, मध्यप्रदेश र मिजोरममा पनि कोरोना बढ्न थालेको छ।

आइतबार भारतमा ४७ हजार ११६ जनालाई कोरोना पुष्टि भएको थियो भने ४८९ जनाको मृत्यु भएको थियो।

विज्ञापन बक्स