फेसबुकको प्रेमीलाई भेट्न गएकी १५ वर्षीया किशोरी २ जनाबाट बलात्कृत

काठमाडौं : सुर्खेतमा फेसबुकमा चिनजानकै भरमा भेट्न जाँदा एक किशोरी बलात्कारको सिकार भएकी छन्। फागुन २६ गते फेसबुकमार्फत् नै चिनजान भएका किशोरलाई भेट्न जाँदा किशोरी बलात्कृत भएकी हुन्।

Advertisement

दिउँसो २ बजे वीरेन्द्रनगर–९ स्थिति कांक्रेबिहार जंगलमा घुमाउन लैजाने बाहानामा दुई किशोरले किशोरीलाई बलात्कार गरेको जाहेरी पीडित परिवारले प्रहरीमा दिएको छ। वीरेन्द्रनगरमा कक्षा ७ मा पढ्दै गरेकी १५ वर्षीया किशोरी सामूहिक बलात्कारको सिकार भएपछि पीडित परिवारले जाहेरी दिएको सुर्खेतका प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए।

बलात्कार आरोप लागेका दुईमध्ये एकजनालाई प्रहरीले पक्राउ गरिसकेको छ। पक्राउ परेका किशोर १६ वर्षका हुन्। उनका साथी १७ वर्षीय सागर चौधरी भने फरार छन्। पक्राउ परेका किशोरले प्रहरीसँगको वयानमा फेसबुकमार्फत् प्रेम सम्बन्धमा रहेको र घुम्न जाँदा सहमतिमै शारीरिक सम्पर्क राखेको बताएका छन्। यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top