३२ जेठ, विराटनगर ।
नेपाल युवा उद्यमी मञ्च विराटनगर च्याप्टरले मोरङ प्रहरीसँग अन्तरक्रिया गरेको छ । मञ्चले अन्तरक्रिया मार्फत सामाजिक उत्तरदायित्व निर्बाह गर्दा कोरोनाको महामारीमा अग्रपंक्तिमा रहेर काम गर्ने प्रहरीको प्रशंसा र सम्मान प्रकट गरेको छ ।
अन्तरक्रियामा मञ्चका अध्यक्ष सृजन प्याकुरेल, निवर्तमान अध्यक्ष मनोजविक्रम साह लगायतको सहभागिता थियो । यस्तै सो अवसरमा मञ्चका पदाधिकारीलाई जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरिक्षक मानबहादुर राईले फौजदारी अपराध र कानूनका विषयमा संक्षिप्त जानकारी गराएका थिए ।
यसैबीच महामारीको यो बेला आफ्नो स्वास्थ्य राम्रो राख्न नियमित व्यायाम गर्नुपर्ने भन्दै जनचेतनाकालागि मञ्चका पदाधिकारीहरुले साइक्लिङ गरेका छन् । शारिरीक तन्दुरुस्तीका लागि साईक्लिङको भूमिका महत्वपूणर् हुने सन्देश दिन नगरका विभिन्न भागमा चेतनामुलक साईक्लिङ गरिएको मञ्चका सञ्चार संयोजक सञ्जीव सिग्देलले जानकारी दिए ।