बंगबन्धुको पुरस्कार अझै आएन,नेपालले २५ हजार डलर नपाए पाँचौं संस्करण नखेल्ने

काठमाडौं,साउन २८
बंगबन्धु गोल्डकपको डिफेन्डिङ च्याम्पियन नेपालले पुरस्कारबापत पाउन बाँकी २५ हजार अमेरिकी डलर अहिले सम्म हात पारेको छैन । उक्त रकम नेपाललाई नदिए यसपालि हुने बंगबन्धु गोल्डकप फुटबलमा सहभागी नहुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालामा २२ जनवरी २०१६ मा भएको फाइनलमा विमल घर्तीमगर, विशाल राई र नवयुग श्रेष्ठको गोलसँगै बहराइनको यू–२३ टिममाथि ३–० को जित हात पार्दै नेपालले अन्तर्राष्ट्रिय फुटबलमा २३ वर्षपछि उपाधि हात पारेको थियो । नेपालले त्यसपछि ढाकामा सफल भएको ११ महिनाभित्र नेपाली टिमले १२ औं दक्षिण एसियाली खेलकुद (यू–२३) मा स्वर्णपदक र एएफसी सोलिडारिटी कपको ट्रफी पनि कब्जा गरेको थियो । बंगबन्धु जितेपछि नेपाली फुटबलको स्वर्णिम युग सुरु भएको मानिन्छ ।

आयोजक बंगलादेश फुटबल महासंघले चौथो संस्करणको च्याम्पियनलाई ५० हजार डलर पुरस्कार दिने घोषणा गरेको थियो । तर, ३० महिना बितिसक्दा पनि पुरस्कारको आधा बीएफएफले दिएको छैन । एन्फाले पटकपटक ताकेता गरेपछि बीएफएफले २५ हजार डलर २ मार्च, २०१८ मा एन्फालाई पठाएको थियो ।‘पुरस्कारको बाँकी रकम नपठाउँदै बीएफएफले पाँचौं संस्करणका लागि निमन्त्रणा पठायो,’ एन्फाका उपाध्यक्ष पंकजविक्रम नेम्वाङले आइतबार भने, ‘च्याम्पियनको पूरा पुरस्कार प्राप्त नभएसम्म सहभागी हुन नसक्ने आशयको जवाफ हामीले दिएका छौं । बाँकी पुरस्कार नपाएसम्म बंगबन्धु गोल्डकपमा नेपाली टिम सहभागी हुने कुरा आउँदैन ।’

Advertisement

अक्टोबर १–१२ मा सञ्चालन हुने पाँचौं संस्करण घोषणा गर्दै त्यसमा नेपालसहित फिलिपिन्स, प्यालेस्टाइन र आयोजक बंगलादेशको सहभागिता निश्चित भइसकेको उसको वेबसाइटमा लेखिएको छ । सिल्हेट र बंगबन्धु रंगशालामा हुने प्रतियोगितामा ६ टिमले लिगकम नकआउटका आधारमा प्रतिस्पर्धा गर्ने पनि उनले बताएका छन् ।

नेपाली राष्ट्रिय टिमको तयारीका लागि मैत्रीपूर्ण खेल
बंगबन्धु गोल्डकपको सहभागिता अनिश्चित भए पनि नेपाली राष्ट्रिय टिमको तयारीलाई नियमित गर्न मैत्रीपूर्ण खेलहरू तय भएको एन्फाले जनाएको छ ।

Advertisement

नेपालले १४ नोभेम्बरमा सातदोबाटोमा अफगानिस्तानसँग प्रतिस्पर्धा गर्ने निश्चित गरिसकेको छ । थाइल्यान्ड पनि मैत्रीपूर्ण खेलका लागि डिसेम्बरमा काठमाडौं आउने एन्फाले जनाएको छ । म्यान्मारले पनि मैत्रीपूर्ण खेलका लागि एन्फालाई प्रस्ताव पठाएको छ ।

त्यसअघि नेपालले बंगलादेशमा सेप्टेम्बर ४–१५ मा हुने साफ च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्नेछ । १८ औं एसियाली खेलकुदमा सहभागी हुन यू–२३ टिम बैंककमा १० दिने क्याम्पपछि आइतबार जकार्ता पुगेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

सम्बन्धित समाचार

Scroll to Top