बंगलादेशको ढाकामा भीषण आगलागी, ६९ जनाको ज्यान गयो

एजेन्सी, फागुन ९
बंगलादेशको राजधानी ढाकाको व्यस्त क्षेत्रमा भीषण आगलागी हुँदा कम्तीमा ६९ जनाको ज्यान गएको छ । बुधबार रातिबाट सुरु भएको आगलागीमा परि कम्तीमा ४० जना गम्भीर घाइते भएको डेली स्टारले जनाएको छ । अग्नि नियन्त्रण सेवाका महानिर्देशक अली अहमद खानका अनुसार हताहत हुनेको संख्या अझै बढ्न सक्नेछ ।

राजधानीको पुरानो शहर क्षेत्रको चोक बजारमा रहेको रासायनिक पदार्थ राखिएको घरबाट फैलिएको आगो आसपासका घरमा समेत लागेको थियो । आगो निभाउनका लागि ३७ वटा दमकल प्रयोग गरिएको थियो । अहिलेसम्म १२ जनाको शव निकालिएको छ भने आगो लगभग निभाइसकिएको छ । आगो पूर्ण रुपमा निभाइसकेपछि अरु शवहरु निकालिने बंगलादेशी अधिकारीले जानकारी दिएका छन् ।

Advertisement

आगो लाग्नुको कारण भने खुलेको छैन । आसपासका केही मानिसहरुले भने सिलिण्डर पड्केर आगलागी सुरु भएको बताएका छन् । यसअघि सन् २०१० मा बंगलादेशको निमतोलीमा आगलागी हुँदा १२३ जनाको ज्यान गएको थियो । त्यसपछि लगातार रासायनिक पदार्थको गोदामा मानव बस्ती वरपर नराख्न सरकारलाई दबाब दिइँदै आएको भए पनि प्रभावकारी हुन सकेको छैन ।

Advertisement
Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top