बङ्गलादेशविरुद्धको खेलमा नेपालका दुई खेलाडी परिवर्तन,कप्तानी किरणले नै गर्ने

काठमाडौँ, भदौ २३
बङ्गलादेशको ढाकामा जारी साफ च्याम्पियनसीप फुटबलअन्तर्गते बङ्गलादेशविरुद्धको खेलमा नेपालले दुई खेलाडी परिवर्तन गरेको छ । खेल आज साँझ ६ः ४५ बाट सुरु हुनेछ ।

नेपालले भुटानविरुद्ध खेलेका दुई खेलाडीलाई सुरुवाती खेलाडीमा नराखेको हो ।आज हुने बङ्गलादेशविरुद्धको खेलमा पनि गोलकिपर किरण चेम्जोङले कप्तानी सम्हाल्नेछन् ।

नेपालले आज अन्जन विष्टको स्थानमा भरत खवास र विशाल राईको स्थानमा निराजन खड्कालाई टोलीमा राखेको नेपाली प्रशिक्षक बालगोपाल महर्जनले जानकारी दिए । मुख्य प्रशिक्षक महर्जनले आजको खेलमा नेपाली टोलीलाई चार, चार, दुईको ढाँचामा खेलाडी मैदान उतार्ने बताएका छन् ।

Advertisement

नेपाली टोलीमा गोलकिपर किरण चेम्जोङ, डिफेन्डरमा सुमन अर्याल, अनन्त तामाङ, आदित्य चौधरी, दिनेश राजवंशी, मिडफिल्डरमा रोहित चन्द, निराजन खड्का, सुजल श्रेष्ठ, सुनिल बल र फरवार्डमा विमल घर्तीमगर तथा भरत खवास छन् ।

बङ्गलादेशविरुद्ध विगतको नतिजा हेर्ने हो भने नेपालको पक्षमा छैन । साफ च्याम्पियनसिपमा बङ्गलादेशविरुद्ध छ पटक प्रतिष्पर्धा गरिसकेको नेपालले चारमा पराजित र दुईमा जित हासिल गरेको छ । सेमिफाइनलमा स्थान बनाउन नेपाललाई आजको खेल जित्नै पर्ने दबाब छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top