बजार गुल्जार बनाउन ६० प्रतिशत छुटसहितको सेल अफर

२४ असोज ७७, आइतबार

२५ असोज, काठमाडौँ ।
दशैं नजिकिएसँगै बजार सेल अफरले तातेको छ । व्यापारीहरुले दशैंको मुखमा पुरानो सामान कटाउन सेल अफर ल्याउने गर्छन् । यसपटक लकडाउनका कारण लामो समय पसल बन्द गर्नुपरेको अवस्थाले गर्दा आर्थिक स्थितिमा सुधार ल्याउन पनि स्टक क्लियरेन्स गरी व्यापार बढाउने रणनीतिमा व्यापारीहरु देखिन्छन् । तर यस्तो बजारमा उपभोक्ताहरु गुणस्तरमा ठगिन सक्ने भन्दै नियमनको आवस्यकता रहेको उपभोक्ताकर्मीहरु बताउँछन् ।

दशैं नजिकिदै गर्दा काठमाडौं उपत्यका भित्रका मूख्य बजारहरु सेल अफरले तातेको छ । खासगरी लत्ताकपडा, जुत्ता लगायतका फेन्सी पसलहरुमा सेल अफर र विभिन्न छुटहरुका अफर टासिएका ब्यानरहरु प्रसस्तै देखिन्छ । व्यापारीहरुले १० देखि ६० प्रतिशत सम्म छुट दिई सेल अफर ल्याएका छन् ।

Advertisement

लामो समय कोभिड १९ रोकथामका लागि लागू भएको लकडाउनका कारण व्यापार गर्न नपाएको र पुरानो समान स्टक रहने स्थिति आएपछि स्टक क्लियरेन्सका लागि पनि अधिकांश व्यापारीहरुले सेल अफर ल्याएको बताएका छन् । लकडाउनमा व्यापार गर्न नपाएपनि घरभाडा लगायतको दायित्व व्यहोर्नुपरेको अवस्थामा आफुसँग भएको स्टक सामानको क्लियरेन्स गरी आर्थिक जोहो गर्ने रणनीतिमा व्यापारीहरु छन् । यस्तो अवस्थामा आफुले खरिद गरेको मूल्य भन्दा पनि कम मूल्यमा सामान विक्री गर्न बाध्य भएको व्यापारीहरु बताउँछन् । पसलमा रहेको पुरानो समान सकेर नयाँ समान ल्याउनका लागि पनि सेल अफर मार्फत विक्री गर्ने रणनीति अपनाइएको व्यापारीहरुको भनाई छ ।

उपभोक्ताकर्मीहरु भने दशैं तिहार र छठ पर्वलाई लक्षित गरी ल्याइएको सेल अफरको बाजरलाई नियमन गर्नुपर्ने बताउँछन् । खासगरी सेल अफरमा विक्री गर्न लागिएका समानहरुको वास्तविक गुणस्तर र मूल्यको जानकारी पर्याप्त नहुने र उपभोक्ताले ढुक्क भएर खरिद गर्न पाउने अवस्था नरहेकोले नियमनको आवस्यकता रहेको उपभोक्ताकर्मी माधव तिमिल्सिनाले बताए ।

दशैं, तिहार र छठमा नयाँ कपडा, घरायसी सामग्रीहरु किन्ने ग्राहकहरु धेरै हुन्छन् । सेल अफर मार्फत ग्राहक तान्नको लागि पनि व्यापारीहरुले विभिन्न रणनीति सहितको अफर ल्याएका हुन्छन् । सेल बजारमा सस्तोमा समान पाउने भएपनि त्यसको गुणस्तरको विषयमा भने खुलाइएको हुँदैन । यसबाट उपभोक्ताले सही समान पाउन सक्छन सक्दैनन भन्ने ज्ञारेन्टी नभएको उपभोक्ताकर्मीहरु बताउँछन् ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top