×

NEPAL TIMES UPDATES

Playing
चीनको ‘कायाकल्प’ र ‘मेक अमेरिका’ सँगसँगै बढ्ने, सीलाई निम्ता|| Nepal Times
May 14, 2026
Playing
विश्वकप फुटबलको तालिका के छ ?नेपालबाट कति बजे हेर्ने ?|| Nepal Times
May 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-31-2083 || Nepal Times
May 14, 2026
Playing
नीति तथा कार्यक्रम ः विपक्षी सांसद्ले आलोचना गरे, सत्तारुढले बचाऊ|| Nepal Times
May 14, 2026
Playing
सरकारदेखि आफ्नै पार्टीकालाई गगनको चेतावनी, किन रिसाए ? || Nepal Times
May 14, 2026
Playing
ट्रम्प–सी बैठक २ घन्टामा सकियो, के के भयो छलफल ? || Nepal Times
May 14, 2026
Playing
कर्मचारी र विद्यार्थी राजनीति अन्त्य गर्ने सरकारी निर्णयमा न्यायपालिकाको ब्रेक|| Nepal Times
May 14, 2026
Playing
World News: बेइजिङ वार्ताः सहकार्यसँगै द्व*न्द्वको चेतावनी, नेतन्याहुको UAEमा गोप्य भ्रमण
May 14, 2026
Playing
सुकुम्बासीको मुद्यामा बालेन घेरिए, अब घर भाडा दिने|| Nepal Times
May 14, 2026
Playing
बिरामी हुँदा पनि संसद् पुग्ने प्रधानमन्त्रीको इतिहास || Nepal Times
May 14, 2026

बजेट : अर्थशास्त्री र पूर्व अर्थमन्त्रीहरुको मिश्रित प्रतिक्रिया, कार्यान्वयनमा समस्या

१६ जेष्ठ २०७८

१६ जेठ, काठमाडौं ।

आर्थिक वर्ष २०७८÷७९ को बजेटप्रति अर्थशास्त्री र पूर्व अर्थमन्त्रीहरुले मिश्रित प्रतिक्रिया दिएका छन् ।

Advertisement
Advertisement

अर्थशास्त्री डा. विश्व पौडेलले विगत तीन वर्षयता ठूलो बजेट बनाउने तर त्यसको लक्ष्य हासिल नगर्ने समस्या देखिएको भन्दै अहिले पनि त्यस्तै हुने सम्भावना रहेको बताएका हुन् ।

११ खर्बभन्दा बढी बजेट खर्च गर्ने लक्ष्य हासिल नगरेको रेकर्ड भएकाले अहिले ल्याइएको साढे १६ खर्बको बजेटको लक्ष्य हासिल हुन्छ कि हुँदैन भन्नेमा शङ्का रहेको बताए ।

पूर्व प्रधानमन्त्री तथा पूर्व अर्थमन्त्री डाक्टर बाबुराम भट्टराईले अहिलेको बजेटले सिधासादा मतदातालाई ललीपप बाँढेको देखिएको बताएका छन् ।

जसपाको सङ्घीय परिषद् अध्यक्षसमेत रहेका भट्टराईले बजेट सार्वजनिक भएलगत्तै ट्वीटमार्फत प्रतिक्रिया दिँदै उनले अहिलेको बजेटमा पपुलिज्ममा पनि खासै सिर्जनात्मकता नदेखिएको आरोप लगाएका हुन् ।

पूर्वअर्थमन्त्री रामशरण महतले कामचलाउ सरकारले आउने असारसम्मका लागि मात्रै बजेट ल्याउनुपर्नेमा पूर्ण आकारको बजेट ल्याएको भन्दै असन्तुष्टि जनाउनएका छन् ।

नेपाली कांग्रेसका नेतासमेत रहेका महतले राजनीतिक फाइदा लिने उद्देश्यबाट पूर्ण आकारको बजेट ल्याइएको भन्दै बजेट तुरुन्त कार्यान्वयन हुनेमा शङ्का व्यक्त गरे ।

पूर्व अर्थमन्त्री वर्षमान पुनले यो कार्यान्वयन नहुने चुनावमुखी बजेट भएको भन्दै आफूहरुको सरकार आएमा यो बजेट खारेज गर्ने बताए ।

Advertisement
Advertisement

माओवादी केन्द्रका नेतासमेत रहेका पुनले अहिले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा बहस चलिरहेको र प्रतिनिधिसभा पुनर्स्थापना भए यो बजेट खारेज हुने दाबी गरे ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top