बजेट कार्यान्वयनको तालिका बनाई अघि बढ्ने ः अर्थमन्त्री डा खतिवडा

१३ असार ७५, बिहीबार

काठमाडौँ, असार १४

अर्थमन्त्री डा युवराज खतिवडाले बजेटको प्रभावकारी कार्यान्वयका लागि तालिका बनाई अघि बढ्ने बताएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७५ अन्तर्गत अर्थ मन्त्रालयको विभिन्न शीर्षक माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले बजेट कार्यान्वयनका साझेदारहरू प्रदेश र स्थानीय तह पनि भएकाले उनीहरुको पनि क्षमता बढाउँदै केन्द्रले परिपूरकको भूमिका निर्वाह गर्ने बताए।

राजश्वबाट प्रशस्त साधन र स्रोत तलका तहमा पठाइएको र सोही आधारमा योजना पनि हस्तान्तरण गरिएको जानकारी गराउँदै उनले बजेटमा पहिलोपटक आठ प्रतिशतको हाराहारीमा आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य लिइएको छ भने । बजेटले ज्येष्ठ नागरिकका लागि बीमा सुविधा र बालबालिकका लागि बाल संरक्षण कार्यक्रम, किसान, कर्मचारीलगायत सबैलाई समेटेको चर्चा गर्दै उनले यस्तै कार्यक्रमबाट अपेक्षित आर्थिक वृद्धि हुने बताए ।

Advertisement

राजश्व पनि नबढाउने, विदेशी सहयोग पनि नलिने अनि खर्च जति पनि गर्ने भन्ने अर्थशास्त्रको नियम हुन सक्दैन भन्दै उनले बजारको मूल्यवृद्धि पनि बजेटसँग सम्बन्धित नभई एकाधिकार कायम गर्न खोज्नेले फैलाएको हल्ला मात्र हो भने । जनसंख्या र भूगोलमा कुनै एकको मात्र आधार नलिइ दुबै बीचको सन्तुलन मिलाई बजेट विनियोजन गरिएको र केही संस्थानमा विनियोजन भएको बजेट पनि संस्थागत सुदृढीकरणका लागि भएको स्पष्ट पारे ।

पूँजीगत खर्चभन्दा चालु खर्च बढी भएको भन्ने सांसदको प्रश्नमा अर्थमन्त्री डा खतिवडाले चालु खर्चभित्र पनि केही बजेटको प्रकृति पूँजीगत भएको उल्लेख गरे । कर प्रणालीका सम्बन्धमा उहाँले प्रगतिशील कर प्रणाली शुरु गरिएको अवगत गराए । भ्रष्टाचार नियन्त्रणमा सरकारले शून्य सहनशीलताको नीति अपनाएको छ भन्दै उनले नीति तथा कार्यक्रममा आएका कतिपय कार्यक्रम बजेटमा देखिएनन् भन्ने सन्दर्भमा त्यस्ता विषय प्रदेश र स्थानीय तहमा रहेको जानकारी दिए ।

भूकम्पपछिको पुनः निर्माणका काम सन्तोषजनक रुपमा अघि बढेको र सामाजिक सुरक्षाका विषयमा पनि आगामी दिन थप काम गर्दै जाने प्रतिबद्धता व्यक्त गर्दै मन्त्री डा खतिवडाले कर्मचारीका लागि प्रोत्साहन स्वरूप थप भत्ताको व्यवस्था नभएको, व्यक्तिगत करमा धेरै वृद्धि नगरिएको र विलाशिताका सामानमा मात्र केही मात्रामा कर बढेको बताए ।

बैठकमा सांसदहरु दिलेन्द्रप्रसाद बडू, ज्ञानेन्द्रबहादुर कार्की, रामबहादुर विष्ट, प्रेम सुवाल, प्रकाश रसायली, बिमलप्रसाद श्रीवास्ताव, तेजुलाल चौधरी, सुजिता शाक्य, मोहन बानियाँ, सरिताकुमारी गिरि, गजेन्द्रबहादुर महत, मेटमणि चौधरीले प्रतिप्रश्न गरेका थिए।
रासस

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top