बन्दाबन्दीको समयमा आपराधिक घटनामा कमी आयो: प्रहरी

२९ जेठ ७७, शुक्रबार

२९ जेठ, काठमाडौँ ।

मुलुकमा विगत वर्षको तुलनामा बन्दाबन्दीको समयमा आपराधिक घटनामा कमी आएको छ । नेपाल प्रहरीका अनुसार लकडाउनले गर्दा झण्डै ६० प्रतिशत आपराधिक घटना घटेको छ । तथ्याङ्कमा आत्महत्याका घटनामा समेत विगतको वर्षहरुमा भन्दा कमी आएको देखिएको छ ।

प्रहरीले केही कर्तव्य ज्यान तथा भवितव्यका घटना तथा घरभित्र हुने अपराध र जबर्जस्ती करणीका घटना घटेका जनाएको छ । रुकुमको सोती र रुपन्देहीको गाई फार्ममा गम्भीर प्रकृतिको घटना भएका छन् । यी लगायतका घटनाहरुमाथि गम्भीर रुपमा छानविन गरी दोषीलाई कानूनी कारवाही गर्ने सरकारले यसअघि नै प्रतिबद्धता जनाइसकेको छ ।

गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले तुलनात्मक रुपमा हेर्दा आपराधिक घटनामा विगतको भन्दा निक्कै कम देखिएको र आत्महत्याका घटनामा समेत कमी आएको बताए । उनका अनुसार विवरण विश्लेषण गर्दा करीब १४ प्रतिशतले आत्महत्यामा कमी आएको देखिएको छ ।

गृह मन्त्रालयबाट प्राप्त विवरण अनुसार चालू आवको पछिल्लो तीन महिना (चैत, वैशाख, जेठ) मा २२१ वटा चोरीका घटना भएका छन् । यो सङ्ख्या गत आवको सोही अवधिमा ७११ थियो । सङ्गठित तथा आर्थिक अपराधतर्फ गत आवको पछिल्लो तीन महिनामा एक हजार ३१९ घटना भएका थिए । चालू आवको सोही अवधिमा ५०३ पुग्यो । यस्तै महिला, बालबालिकासम्बन्धीको अपराधमा गत आवको पछिल्लो तीन महिनामा एक हजार २१८ वटा घटना भएकामा चालू आवको सोही अवधिमा ६०० घटना भए ।

सामाजिक अपराध गत आवको पछिल्लो तीन महनिामा तीन हजार ५३२ वटा भए भने चालु आवमा ९२३ घटना मात्रै भएका छन् । सवारी सम्बन्धीमा अपराध गत आवको पछिल्लो तीन महिनामा ७०५ थियो चालू आवको सोही अवधिमा २०७ वटा मात्रै भए । विवरणमा चालू आवको जेठ १५ सम्मको घटनालाई मात्र समेटिएको छ ।

आत्महत्यामा कमी
आत्महत्या बढ्यो भनेर विवरणहरु बाहिर आएपछि गृह मन्त्रालयका अधिकारी र सुरक्षा अधिकारीबीच बुधबार बैठक समिक्षा गरिएको थियो । उक्त बैठकले केही छिटफुट गम्भीर प्रकृतिका घटना भए पनि समग्रमा आपराधिक घटनामा कमी आएको निष्कर्ष निकालेकोे छ । आत्महत्याका घटना समेत विगतको भन्दा कमी नै रहेको बैठकको निष्कर्ष छ ।

प्राप्त विवरणअनुसार गत आवको चैत, वैशाख र जेठको तुलनामा चालू आवको सोही अवधि ३२८ ले आत्महत्यामा कमी आएको देखिएको छ । यद्यपि, यसमा चालु आवको जेठ १५ सम्मको मात्रै घटना समेटिएको छ । पन्ध्र दिनमा यति धेरै घटना नहुने प्रहरीको भनाइ छ । कतिपय घटनाहरु सामाजिक चेतना र प्रहरीको सक्रियताले पनि बाहिर आउने गरेका छन् ।

चालू आवको चैत, वैशाख र जेठमा कोभिड-१९ का कारण सरकारले लकडाउनको आदेश जारी गरेको थियो । सोही अवधिको अभिलेख विश्लेषण गर्दा बन्दाबन्दी कै कारण आत्महत्या बढेको अभिलेखले नदेखाउने नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक नीरजबहादुर शाही बताउँछन् । उनका अनुसार औसत विवरण विगतको भन्दा केही कम देखिन्छ । कतिपय आत्महत्या बन्दाबन्दीसँग जोडिएको हुनसक्ने भए पनि त्यसरी अध्ययन नभएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । तथ्याङ्कमा झुण्डिएर आत्महत्या गरेका घटना भने निक्कै बढी देखिन्छन् ।

आव २०७५/७६ को चैत, वैशाख र जेठमा एक हजार ६६७ आत्महत्याका घटना भएको अभिलेख छ । त्यसमा झुण्डिएर मात्रै एक हजार २०० जनाको मृत्यु भएको थियो । विष खाएर ३५८ जनाको ज्यान गएको छ । चैतमा ४६९, वैशाखमा ५९७ र जेठमा ६०१ जनाले आत्महत्या गरेका थिए । वर्षमा कुल पाँच हजार ७५४ घटना भएकामध्ये झुण्डिएर मात्रै चार हजार ३१२ ले आत्महत्या गरे ।

चालू आवको चैत, वैशाख र जेठ १५ सम्मको अभिलेख अनुसार एक हजार ३३९ जनाले आत्महत्या गरेका छन् । यसमा १५ दिनको घटना आउन बाँकी छ । त्यसमध्ये एक हजार १३० जनाले झुडिएर आत्महत्या गरेका छन् । चालु आवको चैतमा ४८३, वैशाखमा ५७७ र जेठमा २७९ जनाको मृत्यु भएको थियो । चालू आवको जेठ १५ सम्म चार हजार ५८३ वटा आत्महत्याका घटना भएकामा झुण्डिएका मात्रै तीन हजार ६९० रहेको छ ।

आव २०७४/७५ को चैत, वैशाख र जेठमा आत्महत्याका एक हजार ४४७ घटना भएको थियो । यो चालू आवको तीन महिनाको सङ्ख्या भन्दा १०९ ले बढी हो । सबैभन्दा बढी झुण्डिएर एक हजार ७१ जनाले आत्महत्या गरेका छन् । विष खाएर ३५५ जनाको मृत्यु भएको छ ।

सोही आवको चैतमा ४५६, वैशाखमा ५०३ र जेठमा ४८८ आत्महत्याका घटना भएका थिए । सोही आवमा कुल पाँच हजार ३१७ जनाले आत्महत्या गरेकामा झुण्डिएर मात्रै तीन हजार ८६७ जनाले मृत्युवरण गरे । अन्यले आगो लगाएर, करेन्ट लगाएर, पानीमा हाम्फालेर, तथा हातहतियारको प्रयोग गरेर आत्महत्या गरेका थिए ।

नेपाल प्रहरीका प्रवक्ता शाही विगतको वर्षको तुलनामा यो वर्ष आत्महत्याको दर बढेको भने नदेखिने बताउँछन् । ‘दुई वर्षको तुलना गर्दा लकडाउन कै कारण मात्र आत्महत्या बढेको भन्ने तथ्यले देखाउँदैन, विगतको तुलनामा अझै केही कमी आएको छ, बढेको छैन’ शाहीले भने ।

उनका अनुसार लकडाउनका कारण आपराधिक घटना भने ६० प्रतिशतले कमी आएको छ । जबर्जस्ती करणी तथा घरेलु हिंसाका घटना भने देखिएका छन् । त्यो प्रहरी र समुदायको सक्रियताले बाहिर आएको उनी ठान्छन् । केही कर्तव्य ज्यान तथा भवितव्यका घटना समेत यो अवधिमा घटेका छन् । –नारायण ढुङ्गाना /रासस

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top