बर्दिवास घटनामा दुई प्रहरी जिल्ला तानिए, छानबिन समिति महोत्तरी पुग्दै

१६ मंसीर, जनकपुर । बर्दिवासमा बालिका हत्याको विरोधमा भएको प्रदर्शन रोक्न प्रहरीले गोली चलाउँदा एकजनाको मृत्यु भएपछि सो प्रकरणमा मुच्छिएका दुई जना प्रहरी जिल्ला तानिएका छन् ।

इलाका प्रहरी कार्यालय बर्दिवासमा कार्यरत प्रहरी नायव निरीक्षक वीरेन्द्र सिंह र प्रहरी हवल्दार फुलगेन मण्डल जिल्ला तानिएका हुन् ।

गत कात्तिक ७ गते बर्दिवास नगरपालिका-१४ की ६ वर्षीया गुलाब खातुनको हत्या भएको थियो । गौशाला नगरपालिका-५ का अरुण साहले बालिकाको हत्या गरेको जानकारी बाहिर आए लगत्तै स्थानीयले गरेको प्रदर्शन रोक्न प्रहरीले गोली चलाएको थियो । गोली लागेर स्थानीय सञ्जय न्यौपानेको मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए ।

Advertisement

उक्त घट्नामा लापरबाही भएको हुन सक्ने भन्ने विषयमा बुझ्नलाई ती प्रहरीलाई जिल्ला झिकाइएको महोत्तरीका प्रहरी प्रमुख एसपी टिका केसीले जानकारी दिए ।

यसैबीच बालिका खातुनको हत्या र प्रहरीको गोली लागेर सञ्जय न्यौपानेको मृत्यु भएको घट्ना छानबिनका लागि गृह मन्त्रालयले बनाएको समितिका पदाधिकारी मंगलबार महोत्तरी पुग्दैछन् ।

Advertisement

गृह मन्त्रालयका उपसचिव रुद्र पण्डितको संयोजकत्वमा मन्त्रालयले छानबिन समिति बनाएको थियो । समितिका सदस्यमा अनुसन्धान कार्यालय धनुषाका एसपी अभिनय सिंह र प्रदेश प्रहरी कार्यालय, जनकपुरधामका एसपी कृष्ण प्रसाइँ सदस्य छन् ।

महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले समिति संयोजक काठमाडौंबाट मंगलबारै आउन लागेको बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

सम्बन्धित समाचार

Scroll to Top