बलात्कारपछि घाँटी थिचेर हत्या, प्रमाण नष्ट गर्न शव जलाइयो

जनकपुरधाम :  बालिकालाई बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेका हम्ली डन भन्ने नीरज जर्घा मगरलाई धनुषा प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले मंगलबार पत्रकार सम्मेलन गरी अभियुक्त मगरलाई सार्वजनिक गरेको हो ।उनलाई प्रहरीले धनुषाकै विदेह नगरपालिका–२ दुहबीबाट सोमबार पक्राउ गरेको थियो ।

बटेश्वर गाउँपालिका–४ बैगाली टोल बस्ने हम्ली डन भनिने २२ वर्षीय मगरले २ फागुनमा मिथिला नगरपालिका–३ बस्ने देवनारायण रसाइलीकी ११ वर्षीया छोरी दुतियालाई बलात्कारपछि हत्या गरेको प्रहरीको भनाइ छ ।

अँध्यारो भएपछि बालिकालाई उखुबारीमा लगी बलात्कार

Advertisement

गत १ फागुनमा दुतियाबाबु देवनारायणसँगै छिमेकी इन्द्र थापा मगरकी छोरी मन्दिरा थापाको बिहेको भोजमा गएकी थिइन् । सांस्कृतिक कार्यक्रममा दुतियाले नाचगान गरिन् । त्यही वेला बिजुली गएपछि सांस्कृतिक कार्यक्रम बीचमै रोकियो ।

अँध्यारो भएको मौका छोपी मगरले दुतियालाई चाउचाउ र फ्रुटी किनिदिने भन्दै ललाइफकाई गरी खोलाको बाटो हुँदै घरबाट करिब दुई सय मिटर पर पोखरीको छेउमा रहेको उखु खेतमा लगेर बलात्कार गरे । गाउँमा आफ्नो पोल खोलिदिने डरले मगरले दुतियाको घाँटी थिचेर हत्या गरेका थिए ।

Advertisement

हत्यापछि दुतियाको शव लुकाउन र फिंगर प्रिन्टलगायतका प्रमाण नष्ट गर्ने उद्देश्यले शवमाथि उखुको सुकेको पात, कपडा र चप्पल राखेर लाइटरले आगो लगाई मगर पुनः सांस्कृतिक कार्यक्रममा सहभागी भए ।

राति साढे ११ बजे उनी सांस्कृतिक कार्यक्रमबाट निस्केर मामाको घरमा सुतेका थिए । ३ फागुन बिहीबार बिहान घटनाबारे गाउँमा हल्ला भएपछि उनी पनि घटनास्थल पुगेका थिए । पछि पक्राउ पर्न सक्ने डरले उनी गाउँ छाडेर भागेका थिए ।. यो समाचार आजको नयाँ पत्रिका दैनिकमा हदिश खुद्दारले लेखेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

आश्चर्यमय पुनरागमन जितका साथ बेल्जियम अन्तिम १६ मा

79556cb8-5d49-4c40-862a-abeb585f1087

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

युरेनियम उत्खनन् गर्न अमेरिकासँग सम्झौता भएको हो ?शिशिरले दिए जवाफ

sishir khanal

सम्बन्धित समाचार

Scroll to Top