बलात्कारमा हजुरबुवादेखि छिमेकीसम्म संलग्न

१२ असोज ७७, मंगलबार

काठमाडौं : बलात्कारका घटनामा घरभित्रकै हाडनाता पर्ने व्यक्ति, आफन्तदेखि छिमेकी र चिनेजानेका व्यक्ति बढी संलग्न हुने गरेको पाइएको छ ।

नेपाल प्रहरीले पीडित र पीडकका नाताका आधारमा तयार गरेको तथ्यांकले हजुरबुवादेखि बुवा/झट्केलो बुवा, ससुरा, काका/मामा/ठूलोबुवा, चिनजानका व्यक्ति र छिमेकीसहित पारपाचुके भइसकेका श्रीमान् र अपरिचित व्यक्तिबाट समेत महिलाहरू असुरक्षित रहेको देखाएको हो ।

आर्थिक वर्ष २०७६/७७ को तथ्यांकअनुसार सो आर्थिक वर्षमा देशभर २ हजार ४ सय ४९ वटा घटना भएकामा चिनेजानेका व्यक्तिबाटै ९ सय १५ अर्थात् सबैभन्दा बढी बलात्कारका घटना भएको छ ।

Advertisement

गत आर्थिक वर्षमै घरमालिकबाट ३, केटासाथीबाट ९३, भिनाजुबाट ५, शिक्षकबाट ४५, पारपाचुके भएका श्रीमान्बाट २८, नचिनेका व्यक्तिहरूबाट ४ सय ९७ र नखुलेका व्यक्तिबाट ५ वटा घटना भएका छन्

यसैगरी, छिमेकीबाट सो आर्थिक वर्षमा ६ सय ७२ र नचिनेका व्यक्तिबाट ४ सय ९७ वटा बलात्कारका घटना भएका छन् ।

Advertisement

यसैगरी, हजुरबुवाबाट ६, बुवा/झट्केलो बुवाबाट ४७, ससुराबाट ८, आमा/छोराबीच ३, काका/मामा/ठूलो बुवाबाट ४१, दाजुभाइ/काका, ठूलोबुवा र मामाका छोराबाट ३२, देवर/जेठाजुबाट १३ तथा श्रीमान्बाटै २६ वटा बलात्कारका घटना भएको तथ्यांकले देखाउँछ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी कुवेर कडायतले आफन्तबाट बढी सुरक्षित भइने विश्वास, घरभित्रका कुरा बाहिर नजाने भन्ने मानसिकता, आर्थिक प्रलोभनलगायतका कारणबाट घटना भएको पाइएको बताए ।, यो समाचार आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top