NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
उज्यालो अभियान्त कुलमान सबैको किन तारो बने ? बिहिबार मंसिर २५ , २०८२
जेनजी परिवर्तनले नछोएको कांग्रेस, मैदानमा सबै बृद्ध बिहिबार मंसिर २५ , २०८२
ओली पाण्डव हुन् ?बालुवाटारबाट भागेका होइनन्,जेनजी सम्झौता कलाविहीन बिहिबार मंसिर २५ , २०८२
१४ करोडमा अमेरिकी गोल्डेन भिसा योजना सुरु, के छ खास ? बिहिबार मंसिर २५ , २०८२
रविको मुद्दा आजपनि स्थगित, हेर्न नमिल्नेमा बिहिबार मंसिर २५ , २०८२
Next
Prev

समाचार

बलात्कृत किशोरी गर्भसहित भौतारिँदै

शुक्रबार मंसिर १९ , २०७७
Reading Time: 1 min read
A A
गर्भ पतन गराएकाे भन्दै श्रीमान बिरूद्ध उजुरी
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

गोरखा: १४ वर्षको उमेरमा बच्चा जन्माउन जोखिम देखेपछि गोरखाका एक दम्पतीले बिहीबार छोरीलाई पोखराको थ्री एञ्जल्स नामक संस्थामा सुम्पिएर फर्किए। संस्थाले नै सुरक्षित सुत्केरी गराइदेला भन्ने विश्वासमा छन् उनीहरू।

सात कक्षामा पढ्ने किशोरीको गर्भमा ३१ हप्ताको शिशु हुर्किरहेको छ। वैशाख ११ गते निउरो टिप्न जंगल गएकी उनलाई गोरखा नगरपालिका–८ का ६५ वर्षीय तुलबहादुर थापाले बलात्कार गरेपछि गर्भ रहन गएको किशोरीका आमा बताउँछिन्। ‘चैतमा पहिलो पल्ट महिनावारी भएकी थिई। वैशाखमा पालो हो तर भइन’, उनले भनिन्, ‘महिनावारी भएको सुरुसुरुमा एक/दुई महिना पालो छल्न सक्छ भन्ने सुनेका थियौँ। त्यस्तै भएको होला भन्ने सोचेर खोजतलास गरिएन। लकडाउनले गर्दा पढाइ थिएन त्यसैले असारको अन्तिम हप्तातिर ऊ र उसका दिदी, बहिनी, भाइ सबैलाई गाउँ (मोतीहारी) पठाइदियौँ।

भदौ अन्तिम सातातिर फर्किएर आए। त्यतिबेलासम्म पनि महिनावारी भएकी रहिनछ। पेट पनि ठुल्ठूलो भएको रहेछ।’ मेरीस्टोप्स लगेपछि गर्भमा बच्चा रहेको खुलेको उनले बताइन्।

LS Auto

‘पाठेघरको समस्याले महिनावारी रोकिएको हो कि भनेर चेकजाँच गर्न मेरीस्टोप्स लग्यौँ। मेरीस्टोप्सले भिडियो एक्सरे गर्न आमाबा अस्पताल पठायो। बल्ल पो थाहा भयो, पेटमा बच्चा रहेछ भनेर’, किशोरीका बुबाले भने, ‘हप्कीदप्की गरेर सोधेपछि बल्ल छोरीले माइला थापा (तुलबहादुर) ले वैशाखमा निउरो टिप्न जाँदा बलात्कार गरेको भनी। घटनाबारे कसैलाई भनेमा स्कुल जाँदा बाटोमा काटेर फालिदने धम्की दिएको रहेछ।’ त्यस दिनदेखि उनले राम्रोसित नखाने, ननिदाउने मुच्र्छा पर्ने, टोलाउने गरेको उनले बताए।

त्यसबेलादेखि माहिला फरार रहेको पनि उनले सुनाए। माहिला थापाका छोराले गर्भपतन गराउन चितवनसम्म लगेको तर आफूहरू नमानेर फर्किएको उनले बताए। ‘प्रहरी कार्यालयमा उजुरी नगर, बरु हामी क्षतिपूर्ति तिरौँला, गर्भपतन गरौँ भनेर हामीलाई चितवन लगेका थिए। तर, त्यहाँ कागजमा कसले सही गर्ने भन्नेमा विवाद भएपछि हामी नमिलेर फर्कियौँ’, किशोरीका बुबाले भने, ‘त्यसपछि कात्तिक २२ गते हामी प्रहरी कार्यालयमा गयौँ। २५ गते मुद्दा दर्ता गर्‍यौँ।’ मुद्दा दर्ता भएको एक महिना पुग्न लाग्दा अहिलेसम्म बलात्कारी पक्राउ नपरेको उनले गुनासो गरे।

घटना भएको दिन निउरो नपाएको भन्दै रुन्चे मुख लगाएर फर्केको आमा सम्झन्छिन्। ‘बिहानको खाना खाएर ११ बजेतिर जंगल गएकी मान्छे, तीन बजेतिर एक मुठी निउरो लिएर आई। अनि किन यतिबेला आएकी भनेर सोधेको त निउरै पाइएन भनेर ढाँटी। पछि पो थाहा भयो, बलात्कार गरेपछि उसले दिनभरि गोठमा थुनेर राखेको रहेछ’, उनले रुँदै भनिन्, ‘मेरो १४ वर्षकी छोरीको पेटमा त्यो अपराधीको बच्चा छ। प्रहरीले अपराधीलाई पक्राउ पनि गर्दैन। बेलैमा प्रहरीले अपराधीलाई पक्राउ गरेको भए बच्चा फाल्न पनि मिल्ने रहेछ। तर, निवेदन दिएको एक महिना भइसक्दा पनि मेरो छोरीले न्याय पाइन।’ पढाइमा राम्रो आफ्नो छोरीको स्वास्थ्य पनि बिग्रिँदै गएको, भविष्य बिग्रिएको उनको पिरलो छ।

१७ वर्षअघि उनको परिवार भारतको मोतीहारीबाट गोरखामा ज्याला मजदुरी गर्न आएका थिए। नेपालको नागरिक नभएको हुनाले आफूहरूलाई न्याय नदिएको उनीहरूको गुनासो छ। ‘हामी भारतबाट आएको हुनाले प्रहरीले हाम्रो दुःखलाई राम्ररी नहेरेको होला’, पीडित किशोरीका बुबाले भने, ‘अझै पनि प्रहरीले वास्ता गरेन भने हामी मजदुर प्रहरी कार्यालयमा नारा, जुलुस, घेराउ गर्न जान्छौं।’

तर, प्रहरी भने तीव्रतासाथ खोजी भइरहेको बताउँछ। ‘सबैलाई आफ्नो मुद्दा ठूलो लाग्छ। तर, हामीले त धेरैको मुद्दा समान रूपमा हेर्नुपर्छ’, प्रहरी नायब उपरीक्षक वासुदेव खतिवडा भन्छन्, ‘मुद्दा दर्ता भइसकेपछि त पीडित र प्रहरी एउटै पक्ष हो। त्यसैले हामीले गम्भीर रूपमा लिएका छैनौँ भन्ने कुरामा सत्यता छैन।’ थ्री एन्जल्स भन्ने संस्थासँग समन्वय पनि प्रहरीले गराएको उनले बताए।, यो समाचार आजको अन्नपूर्ण पोष्टमा छ ।

लोकप्रीय

कुलमान पार्टी खोलेपछि पराकम्प,लोडसेडिङको अन्त्य ओलीले गरेका हुन् ?

उज्यालो अभियान्त कुलमान सबैको किन तारो बने ?

बिहिबार मंसिर २५ , २०८२
आणविक बटनसहित ५ वर्ष शक्ति मुनिरको हातमा

जेनजी परिवर्तनले नछोएको कांग्रेस, मैदानमा सबै बृद्ध

बिहिबार मंसिर २५ , २०८२
ओलीले योगेश भट्टराईसँग लिए बदला

ओली पाण्डव हुन् ?बालुवाटारबाट भागेका होइनन्,जेनजी सम्झौता कलाविहीन

बिहिबार मंसिर २५ , २०८२

विचार

कुलमान पार्टी खोलेपछि पराकम्प,लोडसेडिङको अन्त्य ओलीले गरेका हुन् ?

उज्यालो अभियान्त कुलमान सबैको किन तारो बने ?

बिहिबार मंसिर २५ , २०८२
आणविक बटनसहित ५ वर्ष शक्ति मुनिरको हातमा

जेनजी परिवर्तनले नछोएको कांग्रेस, मैदानमा सबै बृद्ध

बिहिबार मंसिर २५ , २०८२
ओलीले योगेश भट्टराईसँग लिए बदला

ओली पाण्डव हुन् ?बालुवाटारबाट भागेका होइनन्,जेनजी सम्झौता कलाविहीन

बिहिबार मंसिर २५ , २०८२

थप समाचार

कुलमान पार्टी खोलेपछि पराकम्प,लोडसेडिङको अन्त्य ओलीले गरेका हुन् ?
ताजा समाचार

उज्यालो अभियान्त कुलमान सबैको किन तारो बने ?

बिहिबार मंसिर २५ , २०८२
आणविक बटनसहित ५ वर्ष शक्ति मुनिरको हातमा
ताजा समाचार

जेनजी परिवर्तनले नछोएको कांग्रेस, मैदानमा सबै बृद्ध

बिहिबार मंसिर २५ , २०८२
ओलीले योगेश भट्टराईसँग लिए बदला
ताजा समाचार

ओली पाण्डव हुन् ?बालुवाटारबाट भागेका होइनन्,जेनजी सम्झौता कलाविहीन

बिहिबार मंसिर २५ , २०८२
१४ करोडमा अमेरिकी गोल्डेन भिसा योजना सुरु, के छ खास ?
अन्तर्राष्ट्रिय

१४ करोडमा अमेरिकी गोल्डेन भिसा योजना सुरु, के छ खास ?

बिहिबार मंसिर २५ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: अमेरिकाले भेनेजुएलाको तेल चोर्याे,अस्पतालमा ह*म*ला,३० जना मा*रिए || Nepal Times

World News: अमेरिकाले भेनेजुएलाको तेल चोर्याे,अस्पतालमा ह*म*ला,३० जना मा*रिए || Nepal Times

00:21:38

World News: जापाननजिक रूस–चीनको गस्ती, युरोप पहिलेजस्तो सुरक्षित रहेन || Nepal Times

00:16:56

World News: नेपाल र भारतका सेनाको संयुक्त अभ्यास, पाकिस्तानमा आत*ङ्क*बादी ह*म*ला || Nepal Times

00:19:13

World News: गोवा आ*ग*लागीमा ४ नेपालीको मृ*त्यु, थाइ–कम्बोडियाबीच फेरि यु*द्ध || Nepal Times

00:22:47

World News: भेनेजुएलाले ५६०० सैनिक थप परिचालन, क्यानडाले सिरियालाई सूचीबाट हटायो || Nepal Times

00:17:27

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

३ सय पाकिस्तानी डुबेपछि मानवतस्करमाथि पाकिस्तान सरकारको अपरेशन

पाकिस्तानलाई १२ भागमा विभाजन गर्ने तयारी

बुधबार मंसिर २४ , २०८२
नेपाली कांग्रेसको सभापतिमा कसले बाजी मार्छन ?

नेपाली कांग्रेसको सभापतिमा कसले बाजी मार्छन ?

शुक्रबार मंसिर १९ , २०८२
प्रदीप अधिकारीसँग ५ लाख धरौटी माग, तिर्न नसक्ने

प्रदीप अधिकारीसँग ५ लाख धरौटी माग, तिर्न नसक्ने

बुधबार मंसिर २४ , २०८२

हालका पोस्टहरू

कुलमान पार्टी खोलेपछि पराकम्प,लोडसेडिङको अन्त्य ओलीले गरेका हुन् ?

उज्यालो अभियान्त कुलमान सबैको किन तारो बने ?

बिहिबार मंसिर २५ , २०८२
आणविक बटनसहित ५ वर्ष शक्ति मुनिरको हातमा

जेनजी परिवर्तनले नछोएको कांग्रेस, मैदानमा सबै बृद्ध

बिहिबार मंसिर २५ , २०८२
ओलीले योगेश भट्टराईसँग लिए बदला

ओली पाण्डव हुन् ?बालुवाटारबाट भागेका होइनन्,जेनजी सम्झौता कलाविहीन

बिहिबार मंसिर २५ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.