बलात्कृत किशोरी गर्भसहित भौतारिँदै

१८ मंसिर ७७, शुक्रबार

गोरखा: १४ वर्षको उमेरमा बच्चा जन्माउन जोखिम देखेपछि गोरखाका एक दम्पतीले बिहीबार छोरीलाई पोखराको थ्री एञ्जल्स नामक संस्थामा सुम्पिएर फर्किए। संस्थाले नै सुरक्षित सुत्केरी गराइदेला भन्ने विश्वासमा छन् उनीहरू।

सात कक्षामा पढ्ने किशोरीको गर्भमा ३१ हप्ताको शिशु हुर्किरहेको छ। वैशाख ११ गते निउरो टिप्न जंगल गएकी उनलाई गोरखा नगरपालिका–८ का ६५ वर्षीय तुलबहादुर थापाले बलात्कार गरेपछि गर्भ रहन गएको किशोरीका आमा बताउँछिन्। ‘चैतमा पहिलो पल्ट महिनावारी भएकी थिई। वैशाखमा पालो हो तर भइन’, उनले भनिन्, ‘महिनावारी भएको सुरुसुरुमा एक/दुई महिना पालो छल्न सक्छ भन्ने सुनेका थियौँ। त्यस्तै भएको होला भन्ने सोचेर खोजतलास गरिएन। लकडाउनले गर्दा पढाइ थिएन त्यसैले असारको अन्तिम हप्तातिर ऊ र उसका दिदी, बहिनी, भाइ सबैलाई गाउँ (मोतीहारी) पठाइदियौँ।

भदौ अन्तिम सातातिर फर्किएर आए। त्यतिबेलासम्म पनि महिनावारी भएकी रहिनछ। पेट पनि ठुल्ठूलो भएको रहेछ।’ मेरीस्टोप्स लगेपछि गर्भमा बच्चा रहेको खुलेको उनले बताइन्।

Advertisement

‘पाठेघरको समस्याले महिनावारी रोकिएको हो कि भनेर चेकजाँच गर्न मेरीस्टोप्स लग्यौँ। मेरीस्टोप्सले भिडियो एक्सरे गर्न आमाबा अस्पताल पठायो। बल्ल पो थाहा भयो, पेटमा बच्चा रहेछ भनेर’, किशोरीका बुबाले भने, ‘हप्कीदप्की गरेर सोधेपछि बल्ल छोरीले माइला थापा (तुलबहादुर) ले वैशाखमा निउरो टिप्न जाँदा बलात्कार गरेको भनी। घटनाबारे कसैलाई भनेमा स्कुल जाँदा बाटोमा काटेर फालिदने धम्की दिएको रहेछ।’ त्यस दिनदेखि उनले राम्रोसित नखाने, ननिदाउने मुच्र्छा पर्ने, टोलाउने गरेको उनले बताए।

त्यसबेलादेखि माहिला फरार रहेको पनि उनले सुनाए। माहिला थापाका छोराले गर्भपतन गराउन चितवनसम्म लगेको तर आफूहरू नमानेर फर्किएको उनले बताए। ‘प्रहरी कार्यालयमा उजुरी नगर, बरु हामी क्षतिपूर्ति तिरौँला, गर्भपतन गरौँ भनेर हामीलाई चितवन लगेका थिए। तर, त्यहाँ कागजमा कसले सही गर्ने भन्नेमा विवाद भएपछि हामी नमिलेर फर्कियौँ’, किशोरीका बुबाले भने, ‘त्यसपछि कात्तिक २२ गते हामी प्रहरी कार्यालयमा गयौँ। २५ गते मुद्दा दर्ता गर्‍यौँ।’ मुद्दा दर्ता भएको एक महिना पुग्न लाग्दा अहिलेसम्म बलात्कारी पक्राउ नपरेको उनले गुनासो गरे।

Advertisement

घटना भएको दिन निउरो नपाएको भन्दै रुन्चे मुख लगाएर फर्केको आमा सम्झन्छिन्। ‘बिहानको खाना खाएर ११ बजेतिर जंगल गएकी मान्छे, तीन बजेतिर एक मुठी निउरो लिएर आई। अनि किन यतिबेला आएकी भनेर सोधेको त निउरै पाइएन भनेर ढाँटी। पछि पो थाहा भयो, बलात्कार गरेपछि उसले दिनभरि गोठमा थुनेर राखेको रहेछ’, उनले रुँदै भनिन्, ‘मेरो १४ वर्षकी छोरीको पेटमा त्यो अपराधीको बच्चा छ। प्रहरीले अपराधीलाई पक्राउ पनि गर्दैन। बेलैमा प्रहरीले अपराधीलाई पक्राउ गरेको भए बच्चा फाल्न पनि मिल्ने रहेछ। तर, निवेदन दिएको एक महिना भइसक्दा पनि मेरो छोरीले न्याय पाइन।’ पढाइमा राम्रो आफ्नो छोरीको स्वास्थ्य पनि बिग्रिँदै गएको, भविष्य बिग्रिएको उनको पिरलो छ।

१७ वर्षअघि उनको परिवार भारतको मोतीहारीबाट गोरखामा ज्याला मजदुरी गर्न आएका थिए। नेपालको नागरिक नभएको हुनाले आफूहरूलाई न्याय नदिएको उनीहरूको गुनासो छ। ‘हामी भारतबाट आएको हुनाले प्रहरीले हाम्रो दुःखलाई राम्ररी नहेरेको होला’, पीडित किशोरीका बुबाले भने, ‘अझै पनि प्रहरीले वास्ता गरेन भने हामी मजदुर प्रहरी कार्यालयमा नारा, जुलुस, घेराउ गर्न जान्छौं।’

तर, प्रहरी भने तीव्रतासाथ खोजी भइरहेको बताउँछ। ‘सबैलाई आफ्नो मुद्दा ठूलो लाग्छ। तर, हामीले त धेरैको मुद्दा समान रूपमा हेर्नुपर्छ’, प्रहरी नायब उपरीक्षक वासुदेव खतिवडा भन्छन्, ‘मुद्दा दर्ता भइसकेपछि त पीडित र प्रहरी एउटै पक्ष हो। त्यसैले हामीले गम्भीर रूपमा लिएका छैनौँ भन्ने कुरामा सत्यता छैन।’ थ्री एन्जल्स भन्ने संस्थासँग समन्वय पनि प्रहरीले गराएको उनले बताए।, यो समाचार आजको अन्नपूर्ण पोष्टमा छ ।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top