बलिउडकी चर्चित कोरियोग्राफर सरोज खानको निधन

१८ असार ७७, शुक्रबार

१९ असार, एजेन्सी ।
बलिउड प्रख्यात कोरियोग्राफर सरोज खानको कार्डियक अरेस्टको कारण मृत्यु भएको छ । उनको शुक्रबार अबेर राती निधन भएको भारतीय सञ्चार माध्यमले जानकारी दिएका छन् । ७१ वर्षीया उनी १७ जुन मुम्बईको बान्द्रास्थित गुरु नानक अस्पतालमा भर्ना भएकी थिइन।

उनलाई सास फेर्न समस्या भएपछि अस्पताल लगिएको थियो । सरोजले बिहिबार राती १ बजेर ५२ मिनेटमा अन्तिम सास फेरेको स्रोतले जानकारी दिएको छ । उनको मुम्बईको चारकोप चिहानमा अन्तिम संस्कार गरिने जानकारीमा उल्लेख छ । उनका परिवारमा उनका पति बी. सोहनलाल, छोरा हमीद खान, छोरीहरू हिना खान र सुक्याना खान रहेका छन्।

सरोज खान मधुमेह र यससँग सम्बन्धित रोगबाट ग्रस्त थिइन् । उनको कोरोनाभाइरसको परीक्षणको रिपोर्ट भने नेगेटिभ आएको छ ।

Advertisement

उनले निकै लामो समयदेखि कामबाट ब्रेक लिएकी थिइन् । गत वर्ष (सन् २०१९) मा मल्टिस्टारर फिल्म ‘कलंक’ र कंगना रनौतको फिल्म ‘मणिकर्णिः द क्वीन अफ झांसी’ मा एउटा गीतको कोरियोग्राफ गरेकी थिइन् ।

सरोजले तीन वर्षको उमेरदेखि ब्याकग्राउन्ड डान्सरको रुपमा आफ्नो करियरको सुरुवात गरेकी थिइन् । उनले सन् १९७४ मा पहिलो पटक गीता मेरा नामबाट कोरियोग्राफरको रुपमा फिल्म इन्डष्ट्रिमा पाइला टेकेकी थिइन् । आफ्नो करियरमा उनले २००० भन्दा बढी गीतमा कोरियोग्राफ गर्ने उनले तीनपटक राष्ट्रिय अवार्ड पनि पाइन् । सरोजले केही फिल्ममा लेखकको रुपमा पनि काम गरेकी छिन् ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top