बहुमत सचिवालय सदस्यको बैठकअघि ओली-प्रचण्डबीच छलफल

२५ कात्तिक, काठमाडौं ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । भेटका लागि प्रचण्ड केही बेरअघि बालुवाटार पुगेको उनका प्रेस संयोजक विष्णु सापकोटा जुगलले जानकारी दिए।

कार्यकारी अध्यक्ष प्रचण्डले सचिवालयको बैठक माग गर्ने चार नेतालाई अपराहृन ४ बजे सचिवालयका धुम्बाराहीस्थित पार्टी कार्यालयमा बोलाएका छन् । त्यसअघि प्रधानमन्त्री एवं अध्यक्ष ओलीलाई भेट्न बालुवाटार पुगेका हुन् ।

Advertisement

भेटमा पार्टीमा देखिएको विवाद र सचिवालय बैठकबारे छलफल हुने बताइएको छ । ओलीसँगको संवादका लागि मंगलबार बिहान शंकर पोखरेलले प्रचण्डलाई आग्रह गरेका थिए। पार्टीको समस्या दुई अध्यक्षको संवादबाटै टुंगिने पोखरेलको भनाइ थियो। ‘दुई अध्यक्ष बसेर छलफल गर्दा समस्या समाधान हुन्छ’, पोखरेलको आग्रह थियो, ‘त्यसैले तपाईंले अध्यक्ष केपी ओलीसँग संवाद गर्नुपर्‍यो।’

गत शनिबार अनौपचारिक बैठक बसेका प्रचण्ड, झलनाथ खनाल, माधव नेपाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठ आजको बैठक पनि बस्ने बताइएको छ। प्रधानमन्त्रीलाई सचिवालय बैठक बोलाउन दिइएको समयसीमा सकिनै लाग्दा बहुमत सदस्यको बैठक बस्न लागेको हो।

बैठकको निष्कर्षको आधारमा कार्यकारी अधिकार प्राप्त अध्यक्ष प्रचण्डले सचिवालयको बैठकको मिति तोक्न सक्ने आँकलन गरिएको छ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top