विराटनगर,असार ३
विश्वमै लोकप्रियता कमाएको बहुराष्ट्रिय कम्पनी न्युट्रिमेड हेल्थ केयर प्रा.लि. ले बालबालिकाका लागि उत्पादित शिशु आहार नेपालमा पनि भित्रिएको छ ।
नेपालका लागि अधिकृत विक्रेता ग्लोबल लाईफ साईन्सेसले विराटनगरमा न्युट्रिमेड हेल्थ केयरबाट उत्पादित सामाग्रीहरुको विक्रि वितरण सुरु गरेको हो । ग्लोबल लाईफ साईन्सेसले बच्चाकालागि क्युट बेबी इन्फान्ट मिल्क फर्मुला र सेरोलेक्स मोडोल्याक ब्राण्डको पौष्टिक आहार बिक्री वितरण गर्दै आईरहेको ग्लोबल लाईफ साईन्सेसका डेभ्लप्मेन्ट डाइरेक्टर पंकज शाहले जानकारी दिए ।
बच्चालाई आमाको दुध अनिवार्य खुवाउनुपर्ने भएपनि कारणवश आमाको दुध नआउने वा खुवाउन नसकेको अवस्थामा इन्फान्ट मिल्क खुवाउनु स्वास्थ्यका लागि लाभदायक हुने उनको भनाइ छ । न्युट्रिमेड हेल्थ केयरका सम्पूर्ण उत्पादनहरु विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डमा आधारित र युरोपियन स्ट्यान्डरमा बनेकाले स्वास्थ्यका लागि उपयुक्त हुने ठानेर आफूहरुले बिक्रि वितरणमा ल्याएको शाहले बताए ।
न्युट्रिमेडको क्युट बेबी इन्फान्ट मिल्क फर्मुला जन्मेदेखि ६ महिना सम्म, ६ महिना भन्दा माथि एकवर्ष सम्म र एक वर्ष भन्दा माथि डेढ बर्ष सम्म गरी तीन उमेरसमूहका बच्चाका लागि प्रयोग गर्न सकिन्छ । त्यस्तै सेरोलेक्स मोडोल्याक ब्राण्ड ६ महिना भन्दा माथि ८ महिनासम्म, ८ महिना भन्दा माथि १० महिना सम्म , १० महिना भन्दा माथि एक वर्षसम्म र एक वर्ष भन्दा माथिका बच्चालाई गरि चार उमेर समूहमा प्रयोग गर्न सकिन्छ ।
निकट भबिष्यमै न्युट्रिमेड हेल्थका अरु शिशुपूरक आहारहरु पनि बिक्री वितरणमा ल्याइने डेभ्लप्मेन्ट डाइरेक्टर शाहले जानकारी दिए ।
बहुराष्ट्रिय कम्पनी न्युट्रिमेड हेल्थ केयर प्रा.लि ISO 22000, HACCP, GMP बाट सर्टिफाइड र FSSAI बाट लाईसेन्स प्राप्त कम्पनी हो भने यसका उत्पादनहरु नेपाल खाद्य तथा गुण नियन्त्रण विभागबाट मान्यता प्राप्त छन् ।