×

NEPAL TIMES UPDATES

Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानाको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-07-2083 || Nepal Times
May 21, 2026
Playing
एमालेले जग्गा दान लिनु भूल थियो ?अब धन्यवादसहित फिर्ता गर्ने|| Nepal Times
May 21, 2026
Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026
Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026
Playing
F–35, J–36,MiG–41 जस्ता फाइटर जेटको काल बन्न आउँदैछ AI लडाकु || Nepal Times
May 21, 2026
Playing
सामसुङमा बोनसको खेल, ४८ हजार श्रमिकको हड्ताल रोकियो|| Nepal Times
May 21, 2026

बहुराष्ट्रिय कम्पनी न्युट्रिमेड हेल्थ केयरका आहार अब नेपालमा

विराटनगर,असार ३
विश्वमै लोकप्रियता कमाएको बहुराष्ट्रिय कम्पनी न्युट्रिमेड हेल्थ केयर प्रा.लि. ले बालबालिकाका लागि उत्पादित शिशु आहार नेपालमा पनि भित्रिएको छ ।

नेपालका लागि अधिकृत विक्रेता ग्लोबल लाईफ साईन्सेसले विराटनगरमा न्युट्रिमेड हेल्थ केयरबाट उत्पादित सामाग्रीहरुको विक्रि वितरण सुरु गरेको हो । ग्लोबल लाईफ साईन्सेसले बच्चाकालागि क्युट बेबी इन्फान्ट मिल्क फर्मुला र सेरोलेक्स मोडोल्याक ब्राण्डको पौष्टिक आहार बिक्री वितरण गर्दै आईरहेको ग्लोबल लाईफ साईन्सेसका डेभ्लप्मेन्ट डाइरेक्टर पंकज शाहले जानकारी दिए ।

Advertisement
Advertisement

बच्चालाई आमाको दुध अनिवार्य खुवाउनुपर्ने भएपनि कारणवश आमाको दुध नआउने वा खुवाउन नसकेको अवस्थामा इन्फान्ट मिल्क खुवाउनु स्वास्थ्यका लागि लाभदायक हुने उनको भनाइ छ । न्युट्रिमेड हेल्थ केयरका सम्पूर्ण उत्पादनहरु विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डमा आधारित र युरोपियन स्ट्यान्डरमा बनेकाले स्वास्थ्यका लागि उपयुक्त हुने ठानेर आफूहरुले बिक्रि वितरणमा ल्याएको शाहले बताए ।

न्युट्रिमेडको क्युट बेबी इन्फान्ट मिल्क फर्मुला जन्मेदेखि ६ महिना सम्म, ६ महिना भन्दा माथि एकवर्ष सम्म र एक वर्ष भन्दा माथि डेढ बर्ष सम्म गरी तीन उमेरसमूहका बच्चाका लागि प्रयोग गर्न सकिन्छ । त्यस्तै सेरोलेक्स मोडोल्याक ब्राण्ड ६ महिना भन्दा माथि ८ महिनासम्म, ८ महिना भन्दा माथि १० महिना सम्म , १० महिना भन्दा माथि एक वर्षसम्म र एक वर्ष भन्दा माथिका बच्चालाई गरि चार उमेर समूहमा प्रयोग गर्न सकिन्छ ।

निकट भबिष्यमै न्युट्रिमेड हेल्थका अरु शिशुपूरक आहारहरु पनि बिक्री वितरणमा ल्याइने डेभ्लप्मेन्ट डाइरेक्टर शाहले जानकारी दिए ।

Advertisement
Advertisement

बहुराष्ट्रिय कम्पनी न्युट्रिमेड हेल्थ केयर प्रा.लि ISO 22000, HACCP, GMP बाट सर्टिफाइड र FSSAI बाट लाईसेन्स प्राप्त कम्पनी हो भने यसका उत्पादनहरु नेपाल खाद्य तथा गुण नियन्त्रण विभागबाट मान्यता प्राप्त छन् ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top