४ मंसिर , काठमाण्डौ।
प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भ्रमणबारे जानकारी दिन परराष्ट्र मन्त्रालयले आज प्रेस ब्रिफिङ आयोजना गर्ने ।
मन्त्रालयले जारी गरेको सूचनाअनुसार प्रेस ब्रिफिङ शुक्रबार बिहान ११ बजे सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयको तेस्रो तलामा रहेको सभाहलमा सञ्चालन हुने ।

प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा तय भएका विभिन्न एजेन्डा, कार्यक्रम तथा भ्रमणको तयारीबारे विस्तृत जानकारी दिन ब्रिफिङ आयोजना गर्न लागिएको मन्त्रालयको भनाइ ।
भारत भ्रमणका क्रममा दुई देशबीचको द्विपक्षीय सम्बन्ध, आपसी सहयोग, आर्थिक साझेदारी तथा विकास आयोजनासम्बन्धी विषयले प्राथमिकता पाउने अपेक्षा ।
प्रधानमन्त्री शाहको आसन्न भारत भ्रमणलाई नेपाल–भारत सम्बन्ध र द्विपक्षीय सहकार्यका दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिदै ।



