बाँकेका तीन पालिका कोरोनामुक्त

२३ असार ७७, बुधबार

२४ असार, नेपालगञ्ज ।
बाँकेको नरैनापुर, डुडुवा र नेपालगञ्ज उपमहानगरपालिका कोरोनामुक्त भएका छन् ।

जिल्लाका यी तीन पालिकामा सबैभन्दा धेरै कोरोनाका बिरामी देखिएको थियो । यी पालिकाका क्वारेन्टाइनमा केही मानिस बसिरहेपनि हाललाई कोहीमा कोरोना देखिएको छैन । पोजिटिभ रिपोर्ट आउने संभावना भने रहेको छ । नेपालगञ्ज त्यही पालिका हो, जहाँ जिल्लामा पहिलो कोरोना संक्रमित देखिएका थिए । त्यसपछि बढ्दै गयो ।

४० जनामा आएपछि रोकिएको छ । नरैनापुर त हटस्पट नै बन्यो । सबैभन्दा धेरै एक सय १९ जना बिरामी देखिए । एकजनाको मृत्युसमेत भयो । डुडुवामा २७ जना संक्रमित देखिए । यी तिनवटै पालिका अहिले कोरोनामुक्त भएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले बताए ।

Advertisement

यी पालिकाका क्वारेन्टाइनमा केही मानिस बसेका छन् । तर, कोरोना संक्रमित छैनन् । आइसोलेसन सेन्टर खाली भइसकेका छन् । जिल्लाका अरु पाँच पालिकामा केही बिरामी छन् । त्यहाँका आइसोलेसन सेन्टर खाली भइसकेका छैनन् ।

फोकलपर्सन श्रेष्ठका अनुसार, कोहलपुरमा १०, खजुरामा चार, राप्तीसोनारी दुई, जानकी र बैजनाथमा एक–एकजना आइसोलेसन सेन्टरमा बसेका छन् । जिल्लामा १२ वटा आइसोलेसन सेन्टर बनाइएकोमा आठ वटा खाली भइसकेका छन् । यसैबीच, बुधबार नौ जना कोरोना जितेका छन् । डिस्चार्ज भएका उनीहरुलाई घर पठाउने तयारी भएको छ ।

Advertisement

बाँकेमा ३ सय ६८ जना संक्रमित भए । तीमध्येमा अब निको हुन बाँकी १८ जनामात्रै छन् । फोकलपर्सन श्रेष्ठका अनुसार, वनकटवाबाट सात र पिपिरीबाट दुई जना डिस्चार्ज भएका छन् । जिल्लाका विभिन्न क्वारेन्टाइनमा अब २ सय १५ जना बसिरहेका छन् । भारतबाट आउनेक्रम जारी नै रहेको छ । यद्यपि, पहिलाकोजस्तो चाप छैन

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top