बाँकेका विभिन्न अस्पतालमा १३ घण्टामा थप ११ जना संक्रमितको मृत्यु

२९ वैशाख, बाँके । बाँकेका विभिन्न अस्पतालमा उपचाररत ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मंगलबार ९ बजे रातिदेखि बुधबार बिहान १० बजेसम्म यी संक्रमितको मृत्यु भएको छ ।

जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार मृतक मध्ये ६ जना बाँके, ३ जना बर्दिया र एक–एक जना सल्‍यान र कैलालीका छन् ।

भेरी अस्पताल नेपालगञ्‍जमा उपचाररत नेपालगन्ज उपमहानगर–१६ का ४९ वर्षीया महिलाको बुधबार बिहान ८ः ३० बजे, बाँकेकै नेपालगन्ज उपमहानगर–५का ४४ वर्षीय पुरूषको बुधबार विहान ६ः ३० बजे मृत्‍यु भएको छ ।

Advertisement

यस्तै बाँकेकै नेपालगञ्‍ज मेडिकल कलेजमा उपचाररत कोहलपुर नपरपालिका–२ की ३० वर्षीया महिलाको मंगलबार राति ९ः ३० बजे, बाँकेकै कोहलपुर–१० की ४५ वर्षीया महिलाको बुधबार बिहान १ः ३० बजे, कोहलपुर–११का ४१ वर्षीय पुरूषको बुधबार विहान ४ बजे र कोहलपुर–१४ बाँकेकै ६४ वर्षीया महिलाको बुधबार ५ः३० बजे मृत्‍यु भएको छ ।

यस्तै भेरीमा अस्पतालमै उपचाररत गुलरिया–९ बर्दियाका ४७ वर्षीया महिलाको बुधबार बिहान ८ बजे, बर्दियाकै मधुबन नगरपालिका–६ का ५५ वर्षीय पुरूषको बुधबार बिहान ८ः ३० बजे र बर्दियाकै बढैयाताल गाउँपालिका ६५ वर्षीय पुरूषको बुधबार बिहान १० बजे मृत्यु भएको छ ।

Advertisement

यस्तै बनगाड कुभिन्डे–६, सल्यानका ५० वर्षीय पुरूषको भेरी अस्पतालमा बुधबार ८ः ३० बजे मृत्यु भएको छ भने घोडाघोडी–१ कैलालीका ६० वर्षीय पुरूषको नेपालगञ्‍ज मेडिकल कलेजमा उपचारका क्रममा बुधबार विहान ४ः ४५ बजे मृत्‍यु भएको कोरोना फोकल पर्सन ओलीले जानकारी दिए ।

योसँगै बाँकेमा जिल्ला भित्रका २०२ जना र जिल्ला बाहिरका १५३ जना कोरोना संक्रमतिको उपचारका क्रममा मृत्यु भएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

सम्बन्धित समाचार

Scroll to Top