बाँकेको नरैनापुरमा भएको आगलागीबाट १२० बढी घरगोठ जलेर नष्ट

२१ चैत ७७, आइतबार

२२ चैत, बाँके । बाँकेको नरैनापुरमा भएको आगलागीमा एक सयभन्दा धेरै घरगोठ जलेर नष्ट भएका छन् ।

नरैनापुर गाउँपालिका–४ खोदाबामा भएको आगलागीबाट एक सय २० भन्दा धेरै घरगोठ जलेर नष्ट भएको बाँकेका प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिए ।

दिउँसो लागेको आगो नरैनापुर, नेपालगञ्ज उपमहानगरपालिका र नेपाल प्रहरीका पाँच वटा दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाले साँझ मात्रै नियन्त्रणमा लिएका थिए ।

Advertisement

आगलागीमा घाइते भएका तीन जना महिलाको नेपालगञ्जमा उपचार भइरहेको छ । अहिले बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङसहितको टोलीले घटनास्थलमा पुगेर आगलागी पीडितलाई राहत वितरणको काम गरिरहेका छन् ।

विभिन्न निकायसँगको समन्वयमा रातिको लागि पाल र खानाको व्यवस्था गर्ने काम भइरहेको र भोलि जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले राहतका थप प्याकेज ल्याउने पनि प्रहरी उपरीक्षक रानाले जानकारी दिए ।

Advertisement

खरले छाएका र एकआपसमा जोडिएका घरगोठ तथा तीव्र हावाहुरीले आगो नियन्त्रणमा लिन निकै मुश्किल परेको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

आश्चर्यमय पुनरागमन जितका साथ बेल्जियम अन्तिम १६ मा

79556cb8-5d49-4c40-862a-abeb585f1087

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

युरेनियम उत्खनन् गर्न अमेरिकासँग सम्झौता भएको हो ?शिशिरले दिए जवाफ

sishir khanal

इन्धनमा कृत्रिम अभाव सिर्जना गरी नाफा कमाउनेहरुको खेल

nepal-oil-nigam

नायिक उषा रजकलाई दुव्र्यवहार गर्ने पात्र को हुन् ?

usha

विवाहका लागि जीवन साथी खोजिदिने ‘लमी’ एप सार्वजनिक

lamee app

इक्वेडरलाई हराउँदै मेक्सिको विश्वकपको अन्तिम १६ मा

602559fd-1b30-4cc1-ae87-a9055538d9f6

सम्बन्धित समाचार

Scroll to Top