बाँकेमा थप तीन कोरोना संक्रमितको मृत्यु

१९ बैशाख ७८, सोमबार

२० वैशाख, काठमाडौँ । बाँकेमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ ।

बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार नेपालगञ्ज मेडिक कलेजमा दुई जना र भेरी अस्पतालमा एकजना गरी तीन जनाको मृत्यु भएको हो ।

नेपालगञ्ज मेडिकल कलेजमा बाँकेको कोहलपुर नगरपालिका–१५ का ६० वर्षीय पुरुष र बैजनाथ गाउँपालिका–५ की ३३ वर्षीया महिलाको मृत्यु भएको उनले बताए ।

Advertisement

६० वर्षीय पुरुषमा वैशाख १७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण भएकै दिन अस्पतालमा भर्ना भएका उनको उपचारको क्रममा सोमबार बिहान १ बजे मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या आएपछि वैशाख १६ गते अस्पताल भर्ना भएकी ३३ वर्षीया महिलामा वैशाख १९ गते संक्रमण पुष्टि भएको थियो । उनको उपचारको क्रममा सोमबार बिहान ६ बजे मृत्यु भएको ओलीले बताए ।

Advertisement

खजुरा गाउँपालिका–७ बाँकेकी ३२ वर्षीया महिलाको उपचारको क्रममा सोमबार बिहान ९ः३० बजे मृत्यु भएको ओलीले बताए । वैशाख १० गते गरिएको परीक्षणमा उनमा संक्रमण पुष्टि भएको थियो ।

यसअघि सोमबार बिहान मात्रै कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको थियो भने आइतबार राति एकजनाको मृत्यु भएको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top