बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु

१९ बैशाख ७८, सोमबार

२० वैशाख, बाँके ।
बाँकेमा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

आइतबार राति र सोमबार बिहान गरी ६ संक्रमितको मृत्यु भएको हो । मृत्यु हुनेमा ५ जना बाँके जिल्लाका र एक जना बर्दिया जिल्लाका संक्रमित रहेका छन् ।

जसमध्ये नेपालगञ्ज मेडिकल कलेज कोलहपुरमा २ जना र भेरी अस्पताल नेपालगञ्जमा ४ जनाको मृत्यु भएको बाँकेका कोरोना सं‌क्रमण सम्बन्धी फोकल पर्सन तेज वलीले जानकारी दिए ।

Advertisement

मृत्यु हुनेमा नेपालगञ्ज उपमहानगरपालिका ३ का ५१ वर्षका पुरुष छन् । उनको वैशाख ६ गते पीसीआर गरेर भेरी अस्पतालमा भर्ना गरिएको थियो ।

उनको सोमबार बिहान साढे ३ बजे अस्पतालमा नै मृत्यु भएको अस्पतालले जनाएको छ । त्यस्तै, नेपालगञ्ज उमनपा १ का ६६ वर्षका पुरुषको पनि सोमबार नै मृत्यु भएको हो ।

Advertisement

उनको बिहान ४ बजे मृत्यु भएको अस्पतालद्वारा जारी सूचनामा उल्लेख छ । भेरी अस्पतालमै मृत्यु हुनेमा बर्दियाको बढैयातालका ४७ वर्षीया पुरुष समेत रहेका छन् ।

उनको वैशाख १७ गते कोरोना पोजिटिभ आएपछि उनलाई १८ गते अस्पताल भर्ना गरिएको थियो । उनको सोमबार बिहान साढे छ बजे मृत्यु भएको हो ।

त्यस्तै, नेपालगञ्ज मेडिकल कलेजमा ४८ वर्षीय पुरुष र ६० वर्षीया वृद्धाको ज्यान गएको छ । मृतक पुरुष नेपालगञ्ज उमनपा ५ का स्थायी वासिन्दा हुन् भने उनको वैशाख ८ गते कोरोना पोजिटिभ देखिएपछि १४ गते उनलाई अस्पताल भर्ना गरिएको थियो ।

उनको आइतबार राति ९ बजेर १० मिनेटमा ज्यान गएको हो । अर्का ३२ वर्षीय खजुरा गाउँपालिका २ का संक्रमितको सोमबार बिहान साढे ८ बजे मृत्यु भएको छ । उनको वैशाख ५ गते कोरोना परीक्षण गरिएको थियो भने उनलाई ७ गतेदेखि अस्पचालमा भर्ना गरिएको थियो ।

मृतक महिला भने बैजनाथ गाउँपालिका ८ की स्थायी वासिन्दा हुन् । उनको १९ गते कोरोना पोजिटिभ आएको थियो भने राति साढे १ बजे उनको मृत्यु भएको हो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

afghanistan-pakistan-friendship-flags-waving-600nw-2614082565

रास्वपा महाधिवेशनको निष्कर्षः रवि झन शक्तिशाली, पार्टी ?

730732303_4445183819104388_7343949058751405664_n

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

सम्बन्धित समाचार

Scroll to Top