२३ भाद्र, वीरगन्ज ।
सोमबार राति नारायणी अस्थायी वीरगन्ज हेल्थ केयर कोरोना अस्पतालमा उपचार गराइरहेका बाराका एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
उनी ८ दिनदेखि उपचारारत थिए । नारायणी अस्पतालका प्रवक्ता डा.अतुलेश चौरसियाका अनुसार बाराको महागढीमाई नगरपालिका–१० गन्जभवानीपुर निवासी ६० वर्षीय पुरुषको सोमबार राति १० बजेर पाँच मिनेटमा मृत्यु भएको हो ।
भदौ १४ मा कोरोना पोजिटिभ पुष्टि भएपछि ती ६० वर्षीय पुरुष कोरोना अस्पतालमा भर्ना भएका थिए । डा.चौरसियाका अनुसार पछिल्लो समय गम्भीर किसिमको कोरोना देखिएका ती पुरुषको हृदयघातले मृत्यु भएको हो । उनी मधुमेहका समेत बिरामी थिए ।