बार्सिलोनालाई बराबरीमा रोक्दै टोटेनहम अन्तिम १६ मा प्रवेश

२५ मंसिर ७५, बुधबार

एजेन्सी,मंसिर २६
जारी इंग्लिस प्रिमियर लिग अन्तरगत मंगलबार भएको खेलमा टोटेनहम हट्स्परले बार्सिलोनालाई बराबरीमा रोक्दै युरोपेली च्याम्पियन्स लिगमा दोस्रो चरणमा प्रवेश गरेको छ ।

बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा बार्सिलोनालाई १–१ को बराबरीमा रोक्दै हट्स्परले दोस्रो चरणको यात्रा तय गरेको हो ।
समूहको सुरुवाती तीन खेलमा जम्मा १ अंक जोडेको टोटेनहमले त्यसयता लगातार दुई जित र मंगलबारको खेलमा बार्सिलोनालाई बराबरीमा रोक्दै अन्तिम १६ मा स्थान बनाएको हो । समूहको अर्को खेलमा इन्टर मिलान र पीएसभीले पनि समान १–१ को बराबरी खेलेपछि टोटेनहम दोस्रो चरणमा पुगेको हो ।

खेलको सातौं मिनेटमा ओस्मान डेम्बेलेले खेलको गोल गर्दै घरेलु टोलीलाई अगाडी बढाएका थिए । तर टोटेनहमले लगातार आक्रमण गर्दै बार्सिलोनाको डिफेन्सलाई समस्यामा पारेको थियो । बार्सिलोनाले दोस्रो हाफमा मेसीलाई मैदान प्रवेश गराएपनि राम्रो प्रदर्शन गर्न सकेनन् ।

Advertisement

बार्सिलोनाले पनि यसबिचमा अग्रता दोब्बर पार्ने मौका गुमायो । फिलिपे कोउटिन्होले दुई पटक पोस्टमा प्रहार गर्दा डिफेन्डर काइल वाल्कर पिटर्सले कोउटिन्होको प्रहारलाई गोल हुनबाट रोके । ८५ औं मिनेटमा केनको क्रसमा मोउराको फस्ट टच फिनिसले गोलको दिशा लियो ।

Advertisement

प्रतियोगिताको पहिलो खेलमा इन्टरसँग २–१ ले पराजित भएको टोटेनहम दोस्रो खेलमा बार्सिलोनासँग घरेलु मैदानमा ४–२ ले पराजित भएको थियो ।

तेस्रो खेलमा पीएसभीसँग २–२ को बराबरीमा रोकिएपनि चौथो खेलमा पीएसभीलाई हराएपछि केहि आशा जागेको थियो । इन्टरलाई घरेलु मैदानमा १–० ले हराउँदै टोटेनहम अर्को चरणमा पुग्ने समीकरण निस्केको थियो । इन्टरले पीएसभीसँग १–१ को बराबरी खेलेपछि युरोपा लिगमा झरेको छ ।

बार्सिलोनाले यस नतिजासंग च्यान्म्पियाँस लिगमा घरेलु मैदानमा अपराजित यात्रालाई २९ खेलसम्म लम्ब्याएको छ । पछिल्लो २९ खेलमा बार्सिलोनाले २६ जित र ३ बराबरी खेलेको छ । यो कीर्तिमान सन् २००२ अप्रिलमा बायर्नले कायम गरेको थियो ।

समूहबाट बार्सिलोना समूह विजेता र टोटेनहम समूह उपविजेताको रुपमा अर्को चरण प्रवेश गरे । बार्सिलोनाको ६ खेलमा ४ जित र २ बराबरीसँगै १४ अंक रहेको छ ।

टोटेनहम र इन्टर मिलनले ६ खेलमा समान २ जित, २ बराबरी र २ हारसँगै ८ अंक जोड्यो । हेड टु हेडमा टोटेनहम अवे गोलमा अगाडी रहँदै दोस्रो चरणको यात्रा तय गर्न सफल रहयो । पुछारमा ६ खेलमा २ अंक जोडेको पीएसभी रहेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Scroll to Top