बालविवाह गर्ने जोडीसहित सात जना पक्राउ

१७ असोज, सल्यान । बालविवाह गराइरहेको आरोपमा प्रहरीले सल्यानको शिद्धकुमाख गाउँपालिकाबाट ७ जनालाई पक्राउ गरेको छ ।

बालविवाह हुँदैगरेको गोप्य सूचनाको आधारमा बिहीबार दिउँसो जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएको प्रहरीले शिद्ध कुमाख गाउँपालिकाको वडा नम्बर ४ चाँदेकरञ्जीबाट उनीहरुलाई पक्रेको हो । पक्राउ पर्नेमा वेहुला र वेहुलीसहित उनीहरुका आमाबुवा र पण्डित समेत छन् ।

१९ वर्षीय वेहुला र १९ वषर््ीया वेहुली सहित बेहुलाका बुवा लोक बहादुर बोहरा र आमा माया बोहरा, वेहुलीका वुवा रत्न बहादुर रावत र कलौटी रावत छन् । यसैगरी जाजरकोट कुसे गाउँपालिका ९ घर भएका पण्डित २५ वर्षीय नवीन आचार्य पनि पक्राउ परेका छन् । उनी हाल शिद्धकुमाख गाउँपालिका ४ मा बस्दैआएको प्रहरीले जनाएको छ ।

Advertisement

वेहुलीको घर शिद्धकुमाख गाउँपालिका २ शिद्देश्वरी हो । उनीहरुको बिहीबार स्थानीय परम्परा अनुसार विवाह हुन लागेको थियो । केटी पक्षको घरमा विवाहको सम्पुर्ण काम पूरा गरी विवाह गर्ने र गराउने टोली केटाको घरमा पुगिसकेको थियो ।

जिल्ला प्रहरी प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले भने, ‘हामीले उीनहरु सबैलाई दुलाहाको घरमा विवाह समारोह भइरहेको बेला पक्राउ गरेका हौँ ।’ पक्राउ परेका आरोपीहरुलाई पत्रकार सम्मेलन गरेर प्रहरीले सार्वजनिक गरेको हो ।

यसअघि खैरावांग मन्दिरमा हुन लागेको बालविवाह पनि प्रहरीले रोकेको थियो । शारदा नगरपालिकाकै पिपलनेटामा पनि एक जोडी वालविवाहको फन्दामा परेका थिए ।

बालविवाह गराउनेहरुलाई तीन वर्षसम्मको कैद र ३० हजार रुपैयाँ सम्मको जरिवाना हुनसक्ने कानुनी व्यवस्था छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top