बालुवाटारमा प्रदर्शन गर्नेलाई पानीको फोहरा

२७ जेठ, काठमाडौं ।

प्रहरीले बन्दाबन्दीको उल्लङ्घन गर्दै सडकमा प्रदर्शन गर्न खोज्ने १० जनालाई नियन्त्रणमा लिएको छ । काठमाडौँको बालुवाटार क्षेत्रमा लकडाउनको विरोध गर्दै सडकमा उत्रिएका प्रदर्शनकारीलाई आज पानीको फोहरा हानेर हटाइएको र नियम उल्लङ्घन गर्नेलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले जानकारी दिए ।

उनका अनुसार प्रदर्शनकारीले सरकारले बन्दाबन्दीको आदेश जारी गरेकामा त्यसको उल्लङ्घन गरी सडकमा समेत अवरोध गरेका थिए । सोही क्रममा पानीको फोहरा हानेर हटाइएको थियो । उनीहरुले सङ्क्रमक रोग नियन्त्रण ऐन २०२० अनुसार कानून उल्लङ्घन गरेको प्रहरीले जनाएको छ ।

Advertisement

सरकारले यही जेठ ३२ सम्म लकडाउनको आदेश जारी गरे पनि त्यसको उल्लङ्घन गर्दै विभिन्न क्षेत्रमा पसल खोल्ने, सवारी सञ्चालन गर्ने र हिँडडुल गर्ने क्रम बढेको छ । आज प्रहरीले विभिन्न क्षेत्रमा पसल बन्द गर्न खोज्दासमेत अवरोध भएको जनाइएको छ । सरकारले बन्दाबन्दीलाई खुकुलो बनाउने विषयमा छलफल जारी रहेको जनाएको छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top