२५ बैशाख , काठमाडौं । मन्त्रिपरिषद्को ‘आकस्मिक’ बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसेको हो ।
सामान्यतयाः सोमबार र बिहीबार नियमित बैठक बस्ने गर्छ । तर, शनिबार बोलाइएको बैठक आकस्मिक रहेको बताइएको छ ।
बैठकका एजेण्डा भने खुलाइएको छैन । तर, बैठकले कोरोना महामारीलगायत विषयमा केही महत्वपूर्ण निर्णय गर्न सक्ने सम्भावना रहेको छ ।