बालुवाटार र सतुंङगलको १८ रोपनी घडेरी १० लाख आनामै बेच्ने १४ जना विरुद्ध मुद्दा दायर

२४ भदौ ७५, सोमबार

काठमाडौं,भदौ २४
किर्ते गरी शंकर इलेक्ट्रोनिक्स कम्पनीको नाममा रहेको ७० करोड मूल्य बराबरको चल–अचल सम्पत्ती हत्याउन खोज्ने १४ जना विरुद्ध मुद्दा दायर भएको छ । विद्युतिय अपराध, चोरी, ठगि तथा संगठित अपराध मुद्दा अन्तर्गत काठमाडौं जिल्ला अदालतमा सरकारी वकिलको कार्यालयले १४ जना विरुद्ध मुद्दा दायर गरेको काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख सुर्यराज दाहालले पुष्टी गरे ।

७० करोड घोटला काण्डमा संलग्न आरोपितहरु ६ जना कर्मचारी सहित अन्य ८ जना विरुद्ध फरक प्रकृतिको मुद्दा दायर भएको सरकारी वकिल ठाकुर बस्ताकोटीले जानकारी दिए । बस्ताकोटीका अनुसार अहिले सबै अभियुक्तहरुको बयान लिने काम भैरहेको छ । यो हप्ताभरी बयान लिई सकेपछि कुन व्यक्तिलाई थुनामा राख्ने र कुन व्यक्तिलाई धरौटीमा छोड्ने निर्णय हुनेछ ।

मुद्दा दायर हुनेहरुमा कम्पनी रजिष्ट्रारको कार्यालयमा कार्यरत २ उपरजिष्ट्रार धर्मराज रोकाय, गंगाधर पौडेल, अधिकृतद्धोय नारायणप्रसाद पोखरेल र उमेशमान जोशी सहित ६ जना कर्मचारी रहेका छन् । त्यसैगरी घटनामा संलग्न राजनप्रसाद लम्साल, निरज कुमार मानन्धर, जित बहादुर मगर, पुण्य प्रसाद खरेल, राजकुमार तामाङ, हिमाल मर्हजन, चिरीबाबु महर्जन र अमृत थापा मगर रहेका छन् । अदालतले दोषी प्रमाणित गरे जरिवाना सहित अधिकतम ३ वर्षसम्म जेल बस्नु पर्नेछ ।

Advertisement

कम्पनीको नाममा काठमाडौं महानगरपालिका वडा नं ४ बालुवाटार स्थीत कित्ता न ४४१, ५०५ र ५४० मा घर सहित ३ रोपनी र सतुङगल वडा नम्बर ९ स्थीत कित्ता नं १२६ मा १५ रोपनी घडेरी रहेको छ ।

मुख्य योजनाकार जित बहादुर मगरले इलेक्ट्रिोनिक्स कम्पनीको नाममा बालुवाटारमा रहेको घर सहित ३ रोपनी जग्गाको प्रतिआना २१ लाख २५ हजारको दरले बालुवाटारकै राजुभाई श्रेष्ठसँग १ करोड बैना लिइसका थिए । त्यसैगरी कम्पनीकै नाममा सतुङगलमा रहेको १५ रोपनी प्रतिआना १० लाख २५ हजारमा बिक्री गर्न २ करोड रुपैंया बैना जापानमा व्यवसाय गरिरहेका प्रेमसागर सापकोटासँग लिइसकेको थियो । जग्गा पास गर्न अन्तिम चरणका पुग्नै लाग्दा मालपोत कार्यालय काठमाडौंले सिंगापुरमा रहेका राम निरंजन जटहियालाई सम्पर्क गरेको थियो । सोहि सम्पर्कको कारण यो घोटला काण्ड सफल हुन सकेन ।

Advertisement

जटहियामाथि पनि अनुसन्धान

जटहियाको शंकर इलेक्ट्रोनिक्स कम्पनी कम्पनी रजिष्ट्रारको कार्यालयमा २५ लाख मात्रै मूल्याङकन गरिएको छ । सो कम्पनीले सम्पुर्ण चल–अचल सम्पत्तीको कर तिरे नतिरेको अनुसन्धान भैरहेको छ । यदि कानून बमोजिम कर नतिरेको भए राजस्व विभागलाई पत्र काट्ने सरकारी वकिलको कार्यालयले तयारी गरेको छ ।

२ उप–सचिव अझै फरार

कम्पनी रजिष्ट्रार कार्यालयमा कार्यारत २ जना उप–रष्ट्रिार धर्मराज रोकाय र गंगाधर पौडेल फरार रहेका छन् । उनिहरु विरुद्ध पनि वकिलको कार्यालयले मुद्दा दायर गरको छ । वकिल बस्ताकोटिका अनुसार उनीहरुको नाममा अल्टिमेटम जारी हुने र सो अवधिमा समेत उपस्थित नभएमा कानून बमोजिम कारबाहि प्रक्रिया अघि बढेनेछ ।

वकिल कार्यालयले ६ जना कर्मचारी विरुद्ध थप अनुसन्धानको लागि अख्तियार दुरुपयो अनुसन्धानको कार्यालयमा पत्र काटिसेको छ । फरार रहेका भनिएका दुबै उप–रजिष्ट्रार पौडेल र रोकायको खोजी कार्य जारी रहेको केन्द्रिय अनुसन्धान ब्युरो सीआइबीका प्रवक्ता सानुराम भट्टराईले बताए । भट्टराईका अनुसार दुबै जनाको खोजी कार्य तिब्र भैरहेकोले केहि दिनमै उनीहरु पक्राउ पर्नेछन् ।(विकास न्युजबाट)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

बालेन सरकारको एक्सप्रेस वेले काठमाडौँबाट २ घण्टामा पोखरा पुगिएला?

ffa015e2-9865-4845-91e1-255af2ca8345

बालेन सरकारको एक्सप्रेस वेले काठमाडौँबाट २ घण्टामा पोखरा पुगिएला?

balen

संघीयताको भोट लिएर प्रदेश खारेजीमा रास्वपा ? भड्किए सीके

balen rabi sudan

इरानी खेलाडीहरु फेरि अर्को तनावमा

LGBTQ

अन्तिम ३२ को पूरा गणितःकुन टोली कोसँग भिड्दैछन् ?

FIFA-2018-World-Cup-Featured-1366x768

के ४२ बर्षको उमेरमा मेस्सीले २०३० को विश्वकप फुटबल पनि खेल्छन ?

3b9190ec-620f-4049-992f-53748d6123a7

रास्वपाको अर्थ र परराष्ट्र नीति कस्तो ?संख्या पुगेका दिन प्रदेश खारेज

730732303_4445183819104388_7343949058751405664_n

रास्वपा महाधिवेशनः प्रवासबाट मोबाइलबाट मतदान,८० इलेक्ट्रोनिक भोटिङ मेसिन तयार

727884813_1548983026629459_8284300754837046559_n

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

सम्बन्धित समाचार

Scroll to Top