बाह्र वर्षीय गर्भवती!

६ मंसिर ७५, शुक्रबार

काठमाडौं : दुवै नारीभरि चुरा, निधारमा रातो टीका, गुलाफी रंङको ज्याकेट लगाएकी १२ वर्षीया गंगामाया चेपाङ पेटमा ३४ हप्ताको बच्चा चलिरहेको छ।

उनको व्यवहार पनि उनको उमेर जस्तै कलिलो छ। घरी अस्पतालको शड्ढयाबाट जुरुक्क उठेर बाहिर निस्कनु, घरी आमालाई सानो कुरामा घुर्की लगाउनु।

हेटौंडा औलेकी १२ वर्षीया गंगामाया चेपाङ मंगलबार साँझ प्रसुति गृह अस्पतालमा भर्ना थिइन्। गत माघमा कैलाश–७ का १८ वर्षीया रन्जित तामाङसँग विवाह भएको थियो।

Advertisement

गत सोमबार स्थानीय अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पुगेकी उनको जानकारी पाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको पहलमा चेपाङलाई राजधानी ल्याइयो। दुई दिन अस्पतालमा रहँदा उनको स्वास्थ्य परीक्षणहरु भए। बिहीबार उनी प्रसूति गृहबाट डिस्चार्ज भइन्।

चिकित्सकका अनुसार २० वर्ष नपुगी विवाह गरी बच्चा जन्माउनु प्रजनन् स्वास्थ्यको हिसाबले हानिकारक हुन्छ। सानो उमेरमा बच्चा जन्माउँदा आमाको शरीरका अंग परिपक्व नभएकाले विभिन्न शारीरिक जटिलता आउँछन्।

Advertisement

बच्चाको गर्भ सानो हुने, आमाको पाठेघर फुट्ने, बच्चा निस्कने मार्ग सानो हुने, बच्चाको गर्भमै मृत्यु हुने, आमाको शरीर दुख्ने, योनी मार्ग च्यातिने लगायतका जटिलता आउन सक्छ।,आजको नागरिक दैनिकमा यो खबर छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top