१६ बैशाख, काठमाडौ । कोरोना भाइरस बढ्दो संक्रमण गतिलाई ‘चेनब्रेक’ गर्न भन्दै सरकारले बिनाकाम घर बाहिर ननिस्कन आग्रह गरेको छ ।
संक्रमण गति बढ्दै गएपछि सरकारले स्थिति नियन्त्रणमा राख्न भन्दै संघीय राजधानी काठमाडौंसहित १५ जिल्लामा निषेधाज्ञा आदेश जारी गरेको हो ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कोरोना संक्रमण गति बढ्दै गएपछि बाध्यतावस निषेधाज्ञा जारी गरेको जानकारी दिए ।
बिनाकाम घर बाहिर ननिस्कन र जरुरी परे स्वास्थ्य मापदण्ड पूर्णपालना गरेर मात्र निस्कनसमेत उनले आग्रह गरे ।